2026-10-23 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा

काठमाडौँ | कांग्रेस सभापति गगनकुमार थापाले देश सम्हाल्ने र व्यवस्थालाई सुधार्ने जिम्मेवारी आफ्नो पार्टीले पूरा गर्ने बताएका छन् । कांग्रेस कास्कीको पार्टी कार्यालयमा शुक्रबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा नेपाललाई मिलाउने र सम्हाल्ने शक्तिको आवश्यकता रहेको बताए ।

उनले कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभएर संकटको बेला देशलाई निकास दिने राष्ट्रिय शक्ति भएको बताए । ‘आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ, त्यो ताकत हामीले राख्नु पर्नेछ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई, त्यो कांग्रेस हो ।’

आफ्नो सम्बोधनका क्रममा उनले राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिबीचको भिन्नता प्रस्ट्याए । उनले भने, ‘राष्ट्रिय पार्टी हुनु र राष्ट्रिय शक्ति हुनुमा फरक छ । राष्ट्रिय पार्टीले चुनाव जित्ला, सरकार बनाउला तर राष्ट्रिय शक्तिको जिम्मेवारी भनेको एउटा अभिभावकका रूपमा राष्ट्रका समस्या चिन्ने र त्यसलाई सम्बोधन गर्ने संकल्प गर्नु हो ।’

बीपी कोइरालाको मेलमिलाप नीति र २०६० सालको हिंसा अन्त्य गर्न कांग्रेसले खेलेको भूमिका स्मरण गर्दै उनले भने, ‘२०३३ सालमा बीपीले ज्यानको बाजी लगाएर देश जोगाउन राजासँग हात मिलाउनु वा २०६० सालमा आफ्नै छातीमा गोली हान्ने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु कांग्रेसको राष्ट्रिय शक्तिको चरित्र थियो । आज फेरि देशलाई त्यस्तै सम्हाल्ने शक्तिको खाँचो छ । हाम्रो पार्टीको चरित्र नै मिलाउने हो, हामी घृणा वा प्रतिशोधको राजनीति गर्नै सक्दैनौं ।’

वर्तमान समयमा नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै उनले अबको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिए । ‘नागरिकहरू रिसाएका छन्, किनकि उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्,’ उनले भने, ‘म जादुको छडीमा विश्वास गर्दिनँ, तर नेताको सफा नियत र ठीक नीति भयो भने परिणाम आउँछ । नेपालमा भ्रष्टाचार हट्छ र नेपाल अगाडि बढ्छ भन्ने संकल्पका साथ कांग्रेस अब भ्रष्टाचारविरुद्धको योद्धा बनेर अघि बढ्छ ।’ निर्वाचनको प्रसंगमा थापाले अब कांग्रेसले कुनै पनि चुनावी तालमेल नगर्ने र कार्यकर्ताले निर्धक्क भएर आफ्नो चुनाव चिहृनमा मतदान गर्न पाउने बताए ।

पार्टीलाई नयाँ र पुरानो पुस्ताको संगम बनाउनुपर्ने बताउँदै उनले ‘जेन–जी’ भनिने नयाँ पुस्तालाई कांग्रेसमा आकर्षित गर्नुपर्ने बताए । ‘नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो,’ उनले थपे, ‘सामाजिक सञ्जालको भ्युज र लाइक्समा मात्र अल्झिएर हुँदैन, हाम्रो वास्तविक तागत संगठन हो । प्रत्येक घरमा पुगेर नागरिकको आलोचना सुन्ने र उनीहरूलाई बुझाउने धैर्यता हामीले राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ