2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसले हिजो नेपाली कांग्रेसले गरेका सबै राम्रा कामहरू बोकेर आएको बताएका छन्। गोकर्णश्वरमा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै हिजो कांग्रेसले गरेका गल्ती कमजोरीहरूलाई स्वीकार गरेर आएको बताए।

उनले भने, ‘जे जति खराब कामहरू भए, कसैलाई दोष दिन्न म। म पनि त्यहीँ भित्र थिएँ। कुनै व्यक्ति, पात्रलाई दोष दिएर पनि हुँदैन। समाजमा एकले अर्कालाई दोष लगाएर तँ खराब, म असल भनेर पनि हुँदैन। हामी एउटै समाजमा बस्छौँ।’ उनले चुनाव पछाडि पनि देश अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन। चुनाव पछाडि फेरि बनाएको सिंहदरबार जल्नु हुँदैन। चुनाव पछाडि फेरि नयाँ बनेको संसदको भवन जल्नु हुँदैन। चुनाव पछाडि सरकारको गोलीबाट कुनै युवा पनि मारिनु हुँदैन। चुनाव पछाडि सडकमा कोही आएर फेरि आफ्नो रिस प्रकट गर्ने अवस्था पनि बन्न दिनुहुन्न। चुनाव पछाडि पनि सबैलाई मिलाएर लिएर जानुपर्छ। रिस, उत्तेजनाले मात्र हुँदैन। घृणाले मात्र हुँदैन। सबैलाई मिलाएर लिएर जाने साहस कांंग्रसले राख्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने