2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्न चाहन्छ: महामन्त्री पौडेल

काठमाडाैँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशलाई रूपान्तरण गर्नका लागि भएपनि कांग्रेसमा मतदान गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौँको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै पौडेलले जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गर्दै देशलाई रूपान्तरण गर्न काँग्रेसमा मतदान गर्न आग्रह गरेका हुन्।

उनले भने, ‘म कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु –तपाईंले भनेजस्तो कांग्रेस बनेको छ । तपाईंले कांग्रेसमा जस्तो रुपान्तरण खोज्नुभएको छ । कांग्रेसमा त्यो रूपान्तरण भएको छ । अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल र तागत प्रदान गर्नुस् ।’

महामन्त्री पौडेलले नेपाली कांग्रेसमा परिपक्व युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर पनि गरे। ‘राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोतिर जान सक्दैन । निर्णय सही ढङ्गबाट हुन सक्दैन । खासगरी अहिले कांग्रेसको नेतृत्व गरिरहेको हामीहरू पनि पछिल्लो पुस्ताकै हौँ तुलनात्मक हिसाबबाट। हावी के दाबी गर्छौं भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौँ ,’उनले भने।’

नेपाली कांग्रेसकाे तर्फबाट काठमाडाैँ क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले पार्टीका नेता, कार्यकर्ताहरूलाई पनि देशको रूपान्तरणका लागि कांग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न निर्देशन पनि दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने