2026-10-22 03:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको जनताले नपत्याउने अवस्था भएपछि बालेन शाह झापातिर आएको बताएका छन् । सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौँमा जिती सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए ।

उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन ? आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन । त्यहाँ ढाँट्न सकिदैँन । काठमाडौँमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन फेरि लड्नको लागि ? किन यहाँ आउनुपर्‍यो ? यो कुरा साथीहरूले बुझ्नु भएको छ ।’

यस्तै, उनले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा आउने र सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्ने ठाउँमा अहिले कता कता मधेशी र पहाडी भन्ने कुरा सुन्न आएको बताए ।

उनले भने, ‘अर्को कुरा मैँले कता कता मधेशी–पहाडी भन्ने सुनिरहेको छु । त्यस्तो कुरा गर्नु हुदैँन् । सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ । त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ, सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ । हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो ।’

देश जातले होइन, विचार, दृष्टिकोण, नीति, योजना, संकल्प र प्रयासले बन्ने पनि उनको भनाई छ । उनले भने, ‘कुन जातको उम्मेदवार छ भनेर देश बन्दैन । देश बनाउन जातले होइन, विचारले, दृष्टिकोणले, नीति, योजना, संकल्पले र प्रयासले बन्छ । त्यस कारण जातका कुरा गरेर हिँड्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ