2026-10-02 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताउनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गको रहेको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “कुनै पनि कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुख जिम्मेवार हुनुपर्छ। जबसम्म भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्ग भन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र सुधार गर्न सक्ने छैनौँ।”

प्रधानमन्त्री कार्कीले जेन–जी युवाहरूको आन्दोलनको जगमा बनेको वर्तमान सरकारले सार्वजनिक सेवा नागरिकमैत्री बनाएको दाबी गर्नुभयो। राहदानी, नागरिकता र अन्य सेवा सरल, शीघ्र र सुलभ ढङ्गले प्रदान गर्न सरकार संवेदनशील भई लागेको उहाँको भनाइ छ। उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा स्वच्छ छवि भएका प्रतिनिधि छनोट गरी सदाचारको महाअभियान सफल पार्न सबैमा आग्रह गर्नुभयो। फागुन २१ को निर्वाचनलाई मुलुकमा सदाचार र सुशासन स्थापनाको ऐतिहासिक महाअभियानका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो।

प्रधानमन्त्री कार्कीले देशको नीति निर्माण गर्ने सर्वोच्च निकाय प्रतिनिधि सभालाई योग्य, नैतिकवान र भ्रष्टाचार विरुद्ध स्पष्ट अडान भएका जनप्रतिनिधिहरूको थलो बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार, निर्वाचनले मुलुकको राजनीतिक दिशा र भविष्यलाई नयाँ मोड दिने अपेक्षा गर्न सकिन्छ। विगतका वर्षहरूमा देखिएका राजनीतिक अस्थिरता र भ्रष्टाचारका प्रकरणहरूले सर्वसाधारणमा निराशा पैदा गरे पनि आगामी निर्वाचनले नयाँ आशा प्रवाह गरेको उहाँको भनाइ छ।

उहाँले थप्नुभयो, “मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य शर्त हो। समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा नै सम्भव छ। त्यसैले प्रत्येक सुशासनमुखी राज्यले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने गरेको पाइन्छ।”

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले कानूनी, नीतिगत र संस्थागत रूपमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना बनाएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो शक्तिशाली निकाय गठन गरेको र विशिष्ट अदालतमार्फत भ्रष्टाचार मुद्दा सुनुवाइ भइरहेको जानकारी दिनुभयो। तर पनि अपेक्षित रूपमा भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको र जेन–जी युवाहरूले आन्दोलन गर्नुपरेको कारण विश्लेषण गर्न आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले जोड दिनुभयो, प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयका प्रमुख नै जिम्मेवार हुनुपर्ने चेतना राष्ट्रसेवक, राजनीतिक नेतृत्व र सरोकारवालामा हुन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता