2026-10-22 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेले नेपाली राजनीतिमा अहिले परिपक्कताभन्दा पनि आवेग देखिएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाली कांग्रेसका उमेदवार पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए ।

उनले भने,‘हाम्रो राजनीतिमा अहिले एउटा आवेग जस्तो देएिको छ । परिपक्वताभन्दा पनि नयाँपन खोजिएको जस्तो देखिएको छ । हाम्रो मौलिक अवस्थाको संवेदनशिलतासँग आवेग कत्तिको जोडिएको छ । नयाँ बनाउनुपर्ने छ त्यो हामीले चाहेको कुरा हो तर नयाँ बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने खतरा एवम जोखिम बढ्ने त होइन भन्ने आशंका पनि बढिरहेको अवस्थामा निर्वाचनमा गइरहेको छौं ।’

त्यस्तै उनले व्यक्तिगत विषयलाई बढी आधार बनाएर निर्वाचनको अभ्यासहरु भइरहेको धारणा राखे । राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ ? नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ ?भन्ने विषयको आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘ व्यक्तित्व कस्तो छ, त्यसले कति मान्छे चिनेको छ ? निर्वाचन क्षेत्रमा उ कति परिचित छ भन्ने व्यक्तिगत विषयलाई बढि आधार बनाएको अथवा त्यसले बढि प्रभाव पार्ने निर्णायक बनेको देखिन्छ । यस्ता निर्वाचनमा विचार कस्तो ल्याइएको छ । कुन विषयलाई कसरी परिभाषित गरेको छ, कसले राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ, नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ भन्ने आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ