2026-10-22 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँका जनताले पत्याउदैनन् कि भन्ने डरले सबै पार्टीका ठूला नेता काठमाडौँ बाहिर गएर चुनाव लडेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित काठमाडौँ–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठाउँछन भन्ने विश्वासका साथ आफू काठमाडौँबाट लडेको बताए। अब काठमाडौँ उज्यालोको किल्ला बन्ने उनको दाबी छ।

उनले भने,‘म कुनै संकोच बिना चुनौती देखेर पनि काठमाडौँबाट जनताले चुनेर पठाउँछन भन्ने विश्वासकासाथ चुनावमा लडेको छु। धेरै साथीहरु वा केही पार्टीका ठूला नेताहरु काठमाडौँ बाहिर गएर लड्दै हुनुहुन्छ। काठमाडौँका जनतासँग विश्वास नै छैन, काठमाडौँका जनताले उहाँहरुलाई पत्याउदैन कि भन्ने डरले बाहिर जानुभयो। तर हामीलाई डर छैन्। हामी लड्छौं, हामी जित्छौं। अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ।’

त्यस्तै उनले आफ्नो पूरानो जिल्ला रामेछापका जनताले मनोनयन दर्ता गर्न आउनुहोस् जिताएर पठाउने जिम्मा लिन्छौं भन्दासमेत आफू काठमाडौँको सबै जनताले विश्वास गर्छन भन्ने आत्मविश्वासले काठमाडौँ नै रोजेको बताए।

‘मलाई धेरैले भन्नुहुन्छ–किन काठमाडौँबाट चुनाव लडेको ?अरु जस्तै बाहिर किन नगएको भन्नुहुन्छ। मेरो जिल्ला रामेछापका साथीहरुले मनोनयन दर्ता गर्न आउनुहोस् जिताएर पठाउँछौं भन्नुभएको थियो। तर मैले काठमाडौं–३ नै रोजें। किनकी काठमाडौँको सबै जनताले मलाई विश्वास गर्नुहुन्छ,’ उनले भने।

त्यस्तै उनले उनेपा भाषण गर्ने नभई परिणाम ल्याउने पार्टी भएको भन्दै हाम्रो पार्टीको पहिचान भनेकै परिणाम भएको धारणा राखे। अब भाषणलाई भन्दा पनि देश र समाजको लागि योगदान गर्ने व्यक्ति चुन्नु अहिलेको आम मतदाताको जिम्मेवारी रहेको उनको भनाई छ। उनले भने,‘हामी भाषण गर्न आएका होइनौं। तर हामी रिजल्ट ल्याउँदै, काम गछौं र परिणाम दिन्छौं। हाम्रो पहिचान भनेकै परिणाम हो। अब भाषणलाई होइन् कामलाई मतदान गर्नुपर्छ। कामलाई जनताले चुन्नुपर्छ। जसले देश र समाजको लागि योगदान गरेको छ। त्यस्ता व्यक्ति चुन्नु अहिलको आम मतदाताको जिम्मेवारी पनि हो।’अध्यक्ष घिसिङले नयाँ पार्टी भनेकै उज्यालो पार्टी भएको भन्दै देशकै पहिलो पार्टी दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ