२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन

२०८२, ४ फाल्गुन सोमबार १६:४४

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरू भ्रष्ट भएकोले देश बन्न नसकेको आरोप लगाएका छन् । झापा–३ का उम्मेदवार समेत रहेका लिङदेनले सोमबार निर्वाचन क्षेत्रको बनियानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले राजनीतिलाई नेताहरूले कमाई खाने भाँडो बनाएको आरोप लगाएका हुन् । उनले भने, ’नेताहरू भ्रष्ट भए । राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए ।’

राप्रपाका अध्यक्ष लिङदेनले समकालीन राजनीतिमा आफू जस्तो बेदाग नेता कोही नभएको दाबी गरे । उनले विद्यार्थी राजनीतिदेखि क्लबको अध्यक्ष, पार्टीको ईकाइ अध्यक्ष, पार्टीको केन्द्रीय अध्यक्ष हुँदै उपप्रधानमन्त्री हुदा समेत आफूमाथि कुनै राजनीतिक दाग नलागेको बताए । उनले भने, ‘विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहको अध्यक्ष हुँदै उपप्रधानमन्त्री हुदासम्म ममाथि कुनै राजनीतिक दाग लागेको छैन । त्यसैले म आफै भन्नसक्छ, यति लामो राजनीतिक जीवनमा बेदाग बस्न सक्ने समकालीन राजनीतिमा म एक्लो नेता हुँ ।’

लिङदेनले देश लुटिन लागेको अवस्थामा रहेकाले आफू निर्वाचित हुन आवश्यक रहेको बताए । झापा–३ बाट लगातार दुई पटक निर्वाचित भएर आफूले देश र जनताविरूध्द कुनै नराम्रो काम नगरेको जिकिर गरे । लिङदेन प्रतिनिधिसभा सदस्य पदका लागि पाँचौं पटक चुनावी मैदानमा छन् । उनी २०५६ र २०७० मा पराजित तथा २०७४ र २०७९ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी