2026-10-21 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरू भ्रष्ट भएकोले देश बन्न नसकेको आरोप लगाएका छन् । झापा–३ का उम्मेदवार समेत रहेका लिङदेनले सोमबार निर्वाचन क्षेत्रको बनियानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले राजनीतिलाई नेताहरूले कमाई खाने भाँडो बनाएको आरोप लगाएका हुन् । उनले भने, ’नेताहरू भ्रष्ट भए । राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए ।’

राप्रपाका अध्यक्ष लिङदेनले समकालीन राजनीतिमा आफू जस्तो बेदाग नेता कोही नभएको दाबी गरे । उनले विद्यार्थी राजनीतिदेखि क्लबको अध्यक्ष, पार्टीको ईकाइ अध्यक्ष, पार्टीको केन्द्रीय अध्यक्ष हुँदै उपप्रधानमन्त्री हुदा समेत आफूमाथि कुनै राजनीतिक दाग नलागेको बताए । उनले भने, ‘विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहको अध्यक्ष हुँदै उपप्रधानमन्त्री हुदासम्म ममाथि कुनै राजनीतिक दाग लागेको छैन । त्यसैले म आफै भन्नसक्छ, यति लामो राजनीतिक जीवनमा बेदाग बस्न सक्ने समकालीन राजनीतिमा म एक्लो नेता हुँ ।’

लिङदेनले देश लुटिन लागेको अवस्थामा रहेकाले आफू निर्वाचित हुन आवश्यक रहेको बताए । झापा–३ बाट लगातार दुई पटक निर्वाचित भएर आफूले देश र जनताविरूध्द कुनै नराम्रो काम नगरेको जिकिर गरे । लिङदेन प्रतिनिधिसभा सदस्य पदका लागि पाँचौं पटक चुनावी मैदानमा छन् । उनी २०५६ र २०७० मा पराजित तथा २०७४ र २०७९ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ