2026-10-01 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल

काठमाडौँ | काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन्। नेता पोखरेलले घरदैलोका क्रममा टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजनाहरू सुनाइरहेका छन्।

टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको उल्लेख गर्दै पार्टीले सधैं देश निर्माणका लागि काम गर्दै आइरहेको बताए। ‘एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ पोखरेलले भने। नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बीचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गरे। साथै, उनले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे। नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याउए।

घरदैलोका क्रममा नेता पोखरेलले २१ फागुनमा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रका लागि आफूले तयार पारेका विकासका योजनाहरू जनतासमक्ष प्रस्तुत गरिरहेका छन्। काठमाडौँ क्षेत्र नम्बर ५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेल मत माग्न व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता