2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश दुखिरहेका बेला भइरहेको चुनावमा सम्हाल्नसक्ने शक्तिले जित्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

‘हामी जान्दछौँ– यो बेला देशलाई दुखिरहेको छ । मधेशलाई दुखिरहेको छ,’ उपसभापति शर्माले भने, ‘यो बेला मूल प्रश्न कसलाई जिताउने भन्ने होइन । यो बेला विषय परिस्थितिमा देशलाई कसले सम्हाल्नसक्छ भन्ने हो ।’

अहिले कसले जित्ने भन्ने प्रश्न नै नरहेको उनले बताए । ‘कसले जित्ने भन्ने होइन, कसले सम्हाल्ने भन्ने हो । चुनाव त जिन्दगीमा कांग्रेसले कैयौँ जित्यो । हाम्रा लागि जित कुनै अनौठो कुरा होइन,’ उनले भने । कांग्रेसले जिन्दगीमा कैयौँ चुनाव हारेको बताउँदै उनले हार पनि कुनै अनौठो नभएको उपसभापति शर्माले बताए ।

‘तर, प्रश्न आजको पद्धति हार्ने कि जित्ने भन्ने छ । प्रश्न–समाजको सद्भाव कसले कायम गर्ने भन्ने छ,’ उनले भने । मधेशी भूमि नेपालीलाई सर्वाधिक अन्न दिने भूमि रहेको पनि उनले बताए । ‘हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो । हामी मधेशका सबै किसान, किसानको अन्नको एकएक दानाप्रति कृतज्ञता ज्ञापन गर्न मधेश आएको हौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने