2026-10-23 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले युवाको आक्रोशलाई सम्मान गर्नुपर्ने बताएकी छन् । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले प्रजातन्त्रको वास्तविक औचित्य इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा देखिनुपर्नेमा जोड दिनुभयो।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले गत भदौ २३ र २४ गते भएको युवाको आन्दोलन सम्झदै भनिन्, ‘त्यो आन्दोलन भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य खोज्ने एउटा ऐना थियो। सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन, सुधारको अवसरका रूपमा ग्रहण गर्छ।’ उनले युवाको ऊर्जा र ‘नैतिक क्रोध’लाई तिरस्कार गरेर कुनै पनि राष्ट्र शान्त रहन नसक्ने धारणा व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन। ‘यो निर्वाचन आवधिक मात्र होइन, मुलुकलाई नयाँ राजनीतिक लयमा फर्काउने ऐतिहासिक मोड हो’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने