2026-10-22 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हामी उत्तेजनाको राजनीति गर्दैनौँ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ मात्रै हाम्रो गन्तव्य हो : केपी ओली

काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले देश नै पहिलो प्राथमिकता भएको उल्लेख गरे। देशको भूमि, स्वाधीन लोकतन्त्र, संविधान, स्वाभिमान, शान्ति र सुव्यवस्था सबैभन्दा माथि रहेको बताउँदै उनले अन्य कुनै विषय यीभन्दा महत्वपूर्ण हुन नसक्ने स्पष्ट पारे।

उनले भने, ‘हाम्रो प्राथमिकतामा देश पहिलो हो। देशको भूमि, स्वाधीन लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति र सुव्यवस्था—यी सबैभन्दा माथि छन्, अरू केही पनि छैन। हामी निर्माणका पक्षमा छौँ, उत्तेजनाको पक्षमा होइनौँ। हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौँ। त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं। विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौँ हामी। हाम्रो गन्तव्य स्पष्ट छ—समृद्ध नेपाल, सुखी नेपाली।’

उनले आफ्नो पार्टी निर्माणको पक्षमा रहेको र उत्तेजनाको राजनीतिबाट टाढा रहेको बताए। स्वाधीनता र सार्वभौमसत्ताको रक्षकका रूपमा आफूहरू उभिएको उल्लेख गर्दै त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउने प्रतिबद्धता जनाए। विचारहीन र दिशाहीन स्टन्टबाट टाढा रहेको दाबी गर्दै उनले पार्टीको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको दोहोर्‍याए। अध्यक्ष ओलीले देश पुस्ताबीचको द्वन्द्वबाट नबनेको र द्वन्द्वले देश नबन्ने धारणा पनि राखे। देश निर्माणका लागि युवाको ऊर्जा आवश्यक रहेको उल्लेख गर्दै उनले जोश, सपना र हिम्मतले कठिन पहाडसमेत चढ्न सकिने बताए। तर त्यससँगै अनुभवी पुस्ताको दृष्टि, बुद्धि, संयम र मार्गदर्शन पनि अपरिहार्य हुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ