काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा आयोजना गर्ने भनेको सभा स्थगित गरेको छ। रास्वपाले शनिबार भैरहवा र पोखरामा आइतबार सभाको आयोजना गरेको थियो। कार्यक्रम विशेष कारणले स्थगित भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
उक्त कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने तयारी थियो।