2026-10-01 08:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग

काठमाडौँ | निर्वाचन आयोगले एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकलाई कारवाही हुने बताएको छ । नियमित पत्रकार सम्मेलनमा आयोगकी सहायक प्रवक्ता सीता पुनले झण्डा लगाइएको विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताउँदै त्यस्तो भएको हो भने नियमअनुसार कारवाही हुने बताइन् ।

त्यसबारे सोधिएको प्रश्नको जवाफमा पुनले भनिन्, ‘निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भए निर्वाचन कसुर सजाय ऐन अनुसार कारबाही गर्ने हो। तर यस विषयमा आयोगबाट निर्णय भइसकेको छैन ।’यद्यपि रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनाबारे कुनै निर्णय नभएको उनको भनाई छ । पुनले एक दलका समर्थकले अर्को दलको झण्डा जलाएको विषयमा कुनै निर्णय नभएको बताइन् ।

हिजो दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झन्डा जलाइदिएका थिए । एमालेले आफ्नो पार्टीको झण्डा जलाउनेमाथि कारबाही गर्न माग गर्दै नगरे आफूहरुले कारवाही गर्ने हिंसात्मक चेतावनी दिएको छ । एमालेको चेतावनीकै कारण रास्वपाले आफ्ना चुनावीसभासमेत स्थगित गर्न बाध्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता