2026-10-01 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनलाई संकेत गर्दै देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याएको टिप्पणी गरेका छन्। शनिबार चितवनमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले पछिल्लो तीन वर्षमा रास्वपाले धेरै ठूलो सफलता पाएको उल्लेख गरे। ‘तीन वर्ष मेहनत गरेर हामीले आफ्नो भाग्य, भविष्य लेख्न सक्ने ठाउँ ल्याउन सानो सफलता, सानो खुट्किलो होइन,’ लामिछानेले भने।

यो अवधिमा दुःख पनि पाएको उनको भनाइ थियो। ‘यसबीचमा के के भए, मैले भन्नु पर्दैन। दुःख मैले पाए पनि आँखा तपाईका भिजेका छन्, मलाई राम्रोसँग थाहा छ। घाउ मलाई लागेको भए पनि दुखेको तपाईलाई छ,’ उनले मतदातासँग भने।

भ्रष्टाचारको पैसामा भाग नखोजेकाले सरकार ढालेको र आफूलाई दुःख दिएको उनको आरोप थियो। ‘त्यति दुख्नै पर्थ्यो मलाई, त्यति दुःख पाउनै पर्थ्यो। आराम खोजेको भए सरकार ढल्न दिइदैनथ्यो। जलेका पैसामा भाग खोजिन्थ्यो होला। भाग खोजेनौं,’ लामिछानेले भने।

यो बीचमा दुःख पाए पनि देश लुट्नेहरूलाई भाग्ने ठाउँमा पुर्‍याएको उनको जिकिर थियो। जेनजी आन्दोलनमा ठूला दलका नेता भाग्नु परेको इंगित गर्दै लामिछानेले भने, ‘देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ।’रास्वपाको उदयले चितवनलाई संसारले चिन्ने अवस्था आएको उनको दाबी थियो। ‘पछिल्लो परिवर्तनको जन्मभूमिका रुपमा चितवनलाई विश्वले हेरेको छ। चितवन देवभूमि थियो, तपोभूमि थियो अब नेपाली राजनीतिको शान्त विद्रोह गर्ने उर्वर भूमि रुपमा पनि अब चिनिनेछ,’ लामिछानेले भने।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा चुनावी सभापछि लामिछाने चितवन फर्किएका हुन्। उनी शनिबार बिहानैदेखि घरदैलो र मतदाता भेटघाट गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता