2026-10-19 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनलाई संकेत गर्दै देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याएको टिप्पणी गरेका छन्। शनिबार चितवनमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले पछिल्लो तीन वर्षमा रास्वपाले धेरै ठूलो सफलता पाएको उल्लेख गरे। ‘तीन वर्ष मेहनत गरेर हामीले आफ्नो भाग्य, भविष्य लेख्न सक्ने ठाउँ ल्याउन सानो सफलता, सानो खुट्किलो होइन,’ लामिछानेले भने।

यो अवधिमा दुःख पनि पाएको उनको भनाइ थियो। ‘यसबीचमा के के भए, मैले भन्नु पर्दैन। दुःख मैले पाए पनि आँखा तपाईका भिजेका छन्, मलाई राम्रोसँग थाहा छ। घाउ मलाई लागेको भए पनि दुखेको तपाईलाई छ,’ उनले मतदातासँग भने।

भ्रष्टाचारको पैसामा भाग नखोजेकाले सरकार ढालेको र आफूलाई दुःख दिएको उनको आरोप थियो। ‘त्यति दुख्नै पर्थ्यो मलाई, त्यति दुःख पाउनै पर्थ्यो। आराम खोजेको भए सरकार ढल्न दिइदैनथ्यो। जलेका पैसामा भाग खोजिन्थ्यो होला। भाग खोजेनौं,’ लामिछानेले भने।

यो बीचमा दुःख पाए पनि देश लुट्नेहरूलाई भाग्ने ठाउँमा पुर्‍याएको उनको जिकिर थियो। जेनजी आन्दोलनमा ठूला दलका नेता भाग्नु परेको इंगित गर्दै लामिछानेले भने, ‘देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ।’रास्वपाको उदयले चितवनलाई संसारले चिन्ने अवस्था आएको उनको दाबी थियो। ‘पछिल्लो परिवर्तनको जन्मभूमिका रुपमा चितवनलाई विश्वले हेरेको छ। चितवन देवभूमि थियो, तपोभूमि थियो अब नेपाली राजनीतिको शान्त विद्रोह गर्ने उर्वर भूमि रुपमा पनि अब चिनिनेछ,’ लामिछानेले भने।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा चुनावी सभापछि लामिछाने चितवन फर्किएका हुन्। उनी शनिबार बिहानैदेखि घरदैलो र मतदाता भेटघाट गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ