2026-10-01 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराइएको महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

गत १३ माघमा कार्यवाहक प्रमुख सुनिता डंगोलले, विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम सुरु गरी विद्यालय परिवारलाई प्रविधिमा आबद्ध गराएको हो । डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने क्षमता विकास गरिएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्यांक प्रविष्ट गराइएको हो । शिक्षक, कर्मचारी र विद्यार्थी गरी कक्षा १० सम्मका करिब ४५ हजार सङ्ख्या रहेको ढकालले जानकारी दिए।

विभागले २०८२ चैत १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध भएको तथ्यांक तथा अभिलेखका आधारमा पठाउने निर्णय गरेको थियो । यही १३ र १४ फागुनमा विभागले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँगको बैठकमा प्रणालीलाई प्रभावकारी कार्यान्वयन नगरे अनुदान रकम पठाउन नसकिने भएकाले बाँकी इहाजिरीको काम तत्काल सक्न आग्रह गरिएको थियो ।

विद्यालयहरूको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार सर्वेक्षणका काम भइरहेको छ । चालु आर्थिक वर्षमा यसका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा विभागका प्रमुख ढकालका अनुसार पहिलो चरणमा ४ र दोस्रो चरणमा ११ वटा विद्यालयको पूर्वाधार गुरुयोजना तयार भएको छ । तेस्रो चरणमा २३ वटा विद्यालयहरूको विस्तृत परियोजना प्रतिवेदन तयारी गर्ने कार्य भइरहेको छ ।

विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी पहिलो चरणमा ६ र दोस्रो चरणमा ५ गरी ११ वटा विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट विशेष तयारी कक्षाहरू सञ्चालन गरिरहेको छ । यसबाहेक अन्य विद्यालयहरूले पनि विशेष कक्षाका लागि लिखित माग गरेमा शिक्षा विभागले कक्षाको व्यवस्थापन गर्ने भएको छ । विभागले २०८२ चैत मसान्तसम्म दरबन्दी मिलान सम्पन्न गरेर नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि दरबन्दीअनुसारको शिक्षक विद्यालयहरूमा व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता