2026-10-22 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो निर्वाचन राष्ट्रको स्वाधिनता रक्षाका लागि हुन लागेको बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भदौ २६ गते राति राष्ट्रपति निवासमा रातभरि बसेर अन्तरिम सरकार बनाउन र ६ महिनाभित्र निर्वाचन गर्ने समझदारी बनाउन सहयोग गरेको बताए ।

“बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ । यो हाम्रो लागि विशेष खुसी र गर्वको कुरा हो । सुरुमा त हामी निर्वाचनबाहेक अरू कुनै विकल्प छैन, जनताको अभिमत लिने कुराबाहेक अर्को कुनै लोकतान्त्रिक विधि छैन भनेर हामीले भनिरहेका थियौँ,” प्रचण्डले भने, “तर, अहिले सबै राजनीतिक दल, नागरिक समाज र सिंगै जनसमुदाय पनि अब निर्वाचनको निम्ति तम्तयार भएको छ ।”

कपिलवस्तुले कृषि, उद्योग, व्यवसाय वा विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएको उनको भनाइ छ । यो निर्वाचन सामान्य कुनै एउटालाई विजयी गराउने र अर्कोलाई पराजय गराउने खालको नरहेको उनले बताए । “राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, राष्ट्रिय एकताको र नेपाली जनताको आत्मनिर्णय अधिकारको रक्षा गर्ने एउटा ठूलो जनमत संग्रह जस्तो गरेर तपाईं हाम्रो सामु आएको छ,” प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ