2026-10-01 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो निर्वाचन राष्ट्रको स्वाधिनता रक्षाका लागि हुन लागेको बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भदौ २६ गते राति राष्ट्रपति निवासमा रातभरि बसेर अन्तरिम सरकार बनाउन र ६ महिनाभित्र निर्वाचन गर्ने समझदारी बनाउन सहयोग गरेको बताए ।

“बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ । यो हाम्रो लागि विशेष खुसी र गर्वको कुरा हो । सुरुमा त हामी निर्वाचनबाहेक अरू कुनै विकल्प छैन, जनताको अभिमत लिने कुराबाहेक अर्को कुनै लोकतान्त्रिक विधि छैन भनेर हामीले भनिरहेका थियौँ,” प्रचण्डले भने, “तर, अहिले सबै राजनीतिक दल, नागरिक समाज र सिंगै जनसमुदाय पनि अब निर्वाचनको निम्ति तम्तयार भएको छ ।”

कपिलवस्तुले कृषि, उद्योग, व्यवसाय वा विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएको उनको भनाइ छ । यो निर्वाचन सामान्य कुनै एउटालाई विजयी गराउने र अर्कोलाई पराजय गराउने खालको नरहेको उनले बताए । “राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, राष्ट्रिय एकताको र नेपाली जनताको आत्मनिर्णय अधिकारको रक्षा गर्ने एउटा ठूलो जनमत संग्रह जस्तो गरेर तपाईं हाम्रो सामु आएको छ,” प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता