2026-10-01 06:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य सहभागी हुन र शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेकी छन् । सोमबार भिडियो सन्देश जारी गर्दै उनले होली पर्व संयमित रूपमा मनाउन पनि सबैलाई आग्रह गरेकी हुन् ।

देश इतिहासको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते हुने निर्वाचनले नागरिकको भविष्य निर्धारण गर्ने बताए । मतदान केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र नभई आफ्नै भविष्यको निर्णय हुने भएकाले सबै मतदातालाई मतदान केन्द्रमा पुग्न उनले आग्रह गरे ।

‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस् । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उनले भनिन् ।

उनले जनआन्दोलनपछिको जटिल राजनीतिक अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डोर्याउँदै संविधानको मार्गमा फर्काउन सफल भएको उल्लेख गर्दै अहिले विधिको शासन स्थापित हुँदै स्थिरताका साथ अघि बढिरहेको बताए । यो उपलब्धि सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको यस संवेदनशील समयमा शान्ति र अमनचयन कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई आग्रह गरिन् । स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि वैमनस्य र तनाव स्वीकार्य नहुने उनले स्पष्ट पारिन् ।

‘फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु,’ उनले भनिन्, ‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।’

निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको मेहनतले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरकारले आवश्यक सबै सुरक्षा संयन्त्र परिचालन गरिसकेको जानकारी दिए । प्रदेश तथा स्थानीय सरकारको सहयोग पनि महत्वपूर्ण रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता