2026-10-01 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको भन्दै सामाजिक सञ्जालमा चलेको हल्ला भ्रामक रहेको पाइएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हल्लामा कुनै सत्यता नभएको बताए । केही सञ्चारमाध्यमले तामाङसँग जर्मनीको पीआर रहेको भन्दै आज उनको उम्मेदवारी आयोगले रद्द गर्न लागेको समाचार प्रकाशन गरेका छन्। तीनै समाचार भाइरल बनाउँदै रास्वपाको थप एक सिट घटेको दावी गरिएको छ । आयोगले भने तामाङको उम्मेदवारी कायम रहेको जनायो ।

तामाङको उम्मेदवारी सम्वन्धमा आयोगमा छलफल नभएको भन्दै उनले मिडिया ट्रायल गर्न खोजिएको जनाए । निर्वाचनको मनोनयन दर्ताका बेला पनि तामाङसँग जर्मनीको पीआर रहेकाले उनी उम्मेदवार बन्न नसक्ने दावी विरोधिहरुले गरेका थिए । त्यसबेला तामाङले आफ्सँग विगतमा जर्मनीको टिआर (टेम्पोरेरी रेजिडेन्सी भिसा) रहेको भए पनि अहिले निस्क्रिय भइसकेको बताएकी थिइन्। आवश्यक जाँचबुझपछि आयोगले उनको मनोनयनपत्र स्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल