2026-10-01 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौँ | निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् । निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन् । गत भदौ २३ र २४ गते भएको नवयुवाको विद्रोहपछि बनेको विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन लागेको उनले बताए ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरे। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले बताए । निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाका आधारमा सञ्चालन हुने वातावरण बनाउन आयोग दृढ रहेको उनले स्पष्ट पारे ।

मतदान मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो प्रक्रिया भएको बताए। मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्च अभिव्यक्तिका रूपमा लिइने उनले बताए । सुसूचित मतदानले शासनप्रति नागरिकको अपनत्व बढाउने उनले बताए।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटनापछि बनेको विषम अवस्थामा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउने विश्वास लिएको छु । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भइसकेको छ । निर्वाचनमा मतदाता र मतदान सबैभन्दा महत्वपूर्ण हुन्छ । कुनै उम्मेदवार वा पक्षलाई मतदाताले दिने स्वीकृति नै मतदान हो । संविधान र कानुनअनुसार निश्चित उमेर पुगेका नागरिक मतदाता हुन्छन् र सबै मतको मूल्य बराबर हुन्छ । त्यसैले मतदान मतदाताको नैसर्गिक अधिकार हो । एक-एक मतले शासन, सरकार, नीति र नेतृत्व निर्धारण गर्ने भएकाले लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण हुन्छ । यसमा सहभागी भएर सबै मतदाताले आफ्नो अधिकार सुरक्षित गर्ने विश्वास लिएको छु । यो प्रक्रिया हरेक मतदाताको कर्तव्य पनि हो । नागरिक सचेत र जागरुक भएर मतदानमा सहभागी भए मात्र शासनप्रति अपनत्व बढ्छ । आयोग निर्वाचनलाई अवाञ्छित गतिविधिबाट मुक्त राख्न प्रतिबद्ध छ र सबैको सकारात्मक सहयोगको अपेक्षा गर्दछ ।’

निर्वाचन व्यवस्थापनका सन्दर्भमा राजनीतिक दल, उम्मेद्वार, नागरिक समाज, सञ्चारकर्मी र आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा र हौसला मिलेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल