2026-09-11 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह

काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संवैधानिक दायित्व अनुसार आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहेको बताए । फाल्गुन २१ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म देशभर सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुराइसकिएको उनले बताए ।

उनले मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भर, भरपर्दो प्रबन्ध मिलाइएको उल्लेख गरे । निर्वाचन केवल आफ्नो प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र नभई लोकतान्त्रिक वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास समेत भएकाले मतदानमा सहभागी हुन उनले अपिल गरे ।

भण्डारीले मतदानपछि छिटो मतपेटिका संकलन गर्ने प्रयास रहेको र २४ घण्टाभित्र प्रत्यक्षतर्फको नजिता प्रकाशित गर्ने तयारीमा रहेको बताए । मतपेटिका सुरक्षाको सन्दर्भमा पहिलेदेखिको प्रचलनमा रहेको प्रावधानलाई परिवर्तन नगरिएको उनको भनाइ छ । भण्डारीले अहिले निर्वाचनका लागि उत्साह देखिएकाले खस्ने परिणाम पनि प्रतिशतमा बढ्ने र बदर हुने प्रतिशत पनि घट्ने देखिएको बताए ।

निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट