2026-10-01 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित

काठमाडौँ | प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत १६५ मध्ये १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ भने बाँकी १५ क्षेत्रमा मतगणना जारी छ।

निर्वाचन आयोगका अनुसार हालसम्म सार्वजनिक भएको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट वर्चस्व देखाएको छ। प्रत्यक्षतर्फ १५० क्षेत्रको नतिजा आउँदा रास्वपाले एक्लैले ११६ स्थानमा जित हासिल गरेको छ। मतगणना जारी रहेका १५ मध्ये ९ क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिकतर्फ पनि रास्वपाको लहर देखिएको छ। समाचार तयार पार्दासम्म समानुपातिकतर्फ रास्वपाले सर्वाधिक १८ लाख ५८ हजार ६५९ मत प्राप्त गरेको छ।

देशका पुराना ठूला दलहरू भने यसपटकको निर्वाचनमा निकै पछाडि परेका छन्। नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ स्थानमा मात्र विजय हासिल गरेको छ भने समानुपातिकतर्फ ६ लाख ३२ हजार ५९३ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा (एमाले) ले प्रत्यक्षतर्फ जम्मा ७ स्थानमा मात्र जित हासिल गरेको छ भने थप ३ स्थानमा अग्रता कायम राखेको छ। एमालेको समानुपातिक मत ५ लाख ३० हजार ७२३ रहेको छ।

चौथो शक्तिको रूपमा देखिएको नेपाली कम्युनिष्ट पार्टीले ६ स्थान जितेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ। सो पार्टीले समानुपातिकतर्फ २ लाख ५१ हजार ८६४ मत पाएको छ। यस निर्वाचनमा श्रम संस्कृति पार्टीले २ स्थानमा जित दर्ता गराएको छ भने थप १ स्थानमा अग्रता कायम गरेको छ। उक्त पार्टीले समानुपातिकतर्फ ८१ हजार ८३८ मत प्राप्त गरेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा जित हासिल गरेका छन्। राप्रपाले समानुपातिकतर्फ १ लाख ३६ हजार ११ मत पाएको छ।

बाँकी १५ निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’