2026-10-22 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त

काठमाडौँ | यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ ।

समानुपातिकतर्फ आइतबार (फागुन २४) दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ लाख ३ हजार १६४ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ६ लाख ४८ हजार ५४९ मत ल्याएको छ । नेकपा एमालेले पाँच लाख ४४ हजार ८ सय ४३ मत ल्याएको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई लाख ५८ हजार ९ सय ४८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख ३९ हजार १ सय २२ मतसहित पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ८३ हजार १ सय २५ मत प्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले ४२ हजार ४ सय ९० मतसहित सातौँ स्थानमा छ । आठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी, नेपालले ४१ हजार ४ सय ३९ मत ल्याएको छ । जनमत पार्टीले २० हजार ८ सय २८ मत ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टीले १७ हजार ८ सय २६ मत ल्याएको छ । त्यसपछि क्रमशः एकल चिह्न चकिया (जाँतो) १७ हजार ५ सय ७१, राष्ट्रिय जनमोर्चा १३ हजार २७६, राष्ट्र निर्माण दल नेपाल १२ हजार १८० नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ११ हजार ७९८, नेपाल जनता संरक्षण पार्टी ९ हजार २९८, प्रगतिशील लोकतान्त्रिक पार्टी ६ हजार ४३९ मंगोल नेसनल अर्गनाइजेसनको ६ हजार ३८७ मत ल्याएको छ । आयोगका अनुसार समानुपातिक तर्फ हालसम्म ३८ लाख ३४ हजार ४३४ मतगणना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ