2026-10-01 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त

काठमाडौँ | यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ ।

समानुपातिकतर्फ आइतबार (फागुन २४) दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ लाख ३ हजार १६४ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ६ लाख ४८ हजार ५४९ मत ल्याएको छ । नेकपा एमालेले पाँच लाख ४४ हजार ८ सय ४३ मत ल्याएको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई लाख ५८ हजार ९ सय ४८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख ३९ हजार १ सय २२ मतसहित पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ८३ हजार १ सय २५ मत प्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले ४२ हजार ४ सय ९० मतसहित सातौँ स्थानमा छ । आठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी, नेपालले ४१ हजार ४ सय ३९ मत ल्याएको छ । जनमत पार्टीले २० हजार ८ सय २८ मत ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टीले १७ हजार ८ सय २६ मत ल्याएको छ । त्यसपछि क्रमशः एकल चिह्न चकिया (जाँतो) १७ हजार ५ सय ७१, राष्ट्रिय जनमोर्चा १३ हजार २७६, राष्ट्र निर्माण दल नेपाल १२ हजार १८० नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ११ हजार ७९८, नेपाल जनता संरक्षण पार्टी ९ हजार २९८, प्रगतिशील लोकतान्त्रिक पार्टी ६ हजार ४३९ मंगोल नेसनल अर्गनाइजेसनको ६ हजार ३८७ मत ल्याएको छ । आयोगका अनुसार समानुपातिक तर्फ हालसम्म ३८ लाख ३४ हजार ४३४ मतगणना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’