2026-10-19 04:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

साउदीबाट नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक कागजात दूतावासमा बुझाउन अनुरोध

काठमाडौँ | परराष्ट्र मन्त्रालयले साउदी अरबबाट अत्यावश्यक परी नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक कागजात त्यहाँस्थित नेपाली दूतावासमा बुझाउन अनुरोध गरेको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

“अति जरुरी परेका कारण साउदी अरब हुँदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगलाई पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्नुहुनेछ,” परराष्ट्र मन्त्रालयले भनेको छ ।

पश्चिम एसिया क्षेत्रका केही स्थानबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेको परराष्ट्रले जनाएको छ । परराष्ट्रका अनुसार, नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमा समेत छलफल भइरहेको छ । इच्छुक नेपाली नागरिकले हाल उडान सञ्चालन भइरहेका स्थानबाट हवाई यात्रा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । “पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आज साँझसम्म ५७ हजार १०० जना नेपाली नागरिकहरूले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ । प्राप्त विवरणहरू अध्ययन गर्दै आवश्यकता अनुसार कदम चालिने छ,” परराष्ट्रले भनेको छ ।

पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई परराष्ट्र मन्त्रालय तथा उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरूले नजिकबाट नियालिरहेको विज्ञप्तिमा जनाइएको छ । त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहल जारी राखिएको भनाइ परराष्ट्रको छ । उक्त क्षेत्रका सम्बन्धित निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारी नियमित रूपमा अद्यावधिक गरिरहेको परराष्ट्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ