2026-10-01 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले यसपटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।

उनले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भन्दै त्यसलाई शिरोधार्य गर्नु आफ्नो तथा पार्टीको कर्तव्य भएको बताएका छन् । ओलीले निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफ्नो पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले देखाएको विश्वास र साथ नै पार्टीको मुख्य शक्ति भएको उनले उल्लेख गरेका छन् ।

उनले निर्वाचन परिणाम पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने स्पष्ट पारेका छन् । आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै हितमा काम गर्दै विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता ओलीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक