2026-10-01 12:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम

काठमाडौँ | नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म माग अनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको जानकारी दिए । अभाव हुने हल्लाका कारण अनावश्यक रुपमा ग्यासको सञ्चिति बढाएका कारण अहिले बजारमा ग्यास अभावजस्तो देखिएको उनले बताए ।

उनले अहिले बजारमा देखिएको कृत्रिम अभावलाई समाधान गर्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन आधा ग्यास सिलिन्डर बिक्रिबितरण गर्न सुरु गरिएको बताए ।

नेपालमा पर्याप्त रुपमा ग्यास आपूर्ति भइरहेकाले अनावश्यक भण्डारण नगर्न उनले आम उपभोक्तालाई आग्रह समेत गरे । प्रवक्ता ठाकुरले आजको दिनसम्म मागको शतप्रतिशत ग्यास आपूर्ति भए पनि भोलीको दिनमा के हुन्छ भन्ने स्पष्ट हुन नसकेको बताए ।

उनले डिजेल र पेट्रोलको हकमा १५–१५ दिनमा नयाँ मूल्य सूची आउने भए पनि हवाई इन्धन र एलपी ग्यासको हकमा एक महिनामा नयाँ मूल्य सूची आउने भएकाले नयाँ सूची प्राप्त भए पनि ग्यासमा वृद्धि भएको मूल्य यकिन हुने उल्लेख गरे । त्यसपछि मात्रै ग्यासको मूल्य समायोजन हुने वा नहुने भन्ने आवश्यक निर्णय हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता सुनचाँदीको मूल्य स्थिर मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने