2026-10-01 10:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल

काठमाडौँ | नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले चुनावी लहर वा ठूलो चुनावी जितले दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। बुधबार फेसबुकमा लेखेका स्टाटसमा उनले चुनावी परिणामबाट सिक्ने महत्वपूर्ण राजनीतिक पाठमा जोड दिएका छन्।

पोखरेलले भारतको १९८४ आम निर्वाचनको उदाहरण दिँदै ‘राजीव लहर’लाई नेपालको हालको ‘बालेन लहर’सँग तुलना गरेका छन्। त्यहाँ कांग्रेस–आईले दुईतिहाइभन्दा बढी सिट जितेको भए पनि क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा विस्तारै सशक्त हुँदै नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि सत्ता कायम गर्न सफल भयो।

उनका अनुसार, केवल ठूलो जनमतले स्थायी सफलता ल्याउँदैन। दीर्घकालीन राजनीतिक सफलता जनताको अपेक्षा पूरा गर्ने क्षमता, संगठन सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीतिमा निर्भर गर्दछ। पोखरेलले चुनावी परिणामबाट जित्ने र हार्ने दुवै पक्षले पाठ सिक्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू