२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भट्टराईलाई कांग्रेसले पनि साथ नदिने संकेत, मिलेपनि गोरखा-२ मा बाम गठबन्धननै अगाडी

२०७४, २ कार्तिक बिहीबार ०२:५०

कात्तिक २, काठमाडौँ | बाम तालमेलसँग गोरखा २ माग्दा नपाएकै कारण तालमेलको लागि  कांग्रेसकोमा पुगेका बाबुराम भट्टराईलाई कांग्रेसले गोरखाको २ नम्बर क्षेत्र नछाड्ने चर्चा चल्न थालेको छ । 

पछिल्ल्लो समय गोरखा २ का कांग्रेस कार्यकर्ताहरुनै आफ्नो पार्टीको नेतृत्व पंक्तिसँग नयाँ शक्तिलाई सहयोग नगर्ने भन्दै बिरोधमा देखिएका छन् । त्यसो त काँग्रेसले स्थानीय तहको निर्वाचनमा गोरखामा ११ स्थानीय तह मध्य ९ स्थानमा जित हाँशिल गरेको थियो । कांग्रेसले बाम एकता नहुने हो भने गोरखामा आफुलाई जिताउन खासै मेहनत गर्नुपर्ने देखिदैन । तर कांग्रेस कार्यकर्ताले नयाँ शक्तिसँग तालमेल हुने हो भने गोरखा क्षेत्र नम्बर १ मा नयाँ शक्तिमै आस्था हुनेहरुले पनि कांग्रेसलाई भन्दा माओवादीलाईनै भोट बढी हाल्ने दावी गरेका छन् । उनीहरुले गोरखा २ मा कांग्रेस सँगको तालमेलले नयाँ शक्तिको जित सुनिस्चित हुने भन्दै त्यसको बदला क्षेत्र नम्बर १ मा कांग्रेसले जित्ने सुनिस्चित छैन भनेका छन् ।

स्थानीय तहको निर्वाचनमा गोरखा क्षेत्र नं. २ मा दलहरूले पाएको कुल मत हेर्ने हो भने नेपाली काङ्ग्रेसलाई १७,०७० मत प्राप्त भएको छ भने सो क्षेत्रमा माओवादी केन्द्रले १७,८९४ मत प्राप्त गरेको छ । नेकपा एमालेले उक्त स्थानमा ७,२०८ मत पाएको छ भने नयाँ शक्ति नेपालले एमालेको भन्दा केहि बढी मत अर्थात ७,९०० मत पाएको छ । यसरी हेर्दा बाम तालमेलमा रहेका एमाले र माओवादीको मत जोड्ने हो भने गोरखा २ मा बामगठबन्धनको पक्षमा २५ हजार १ सय २ मत छ । त्यस्तै अहिले भनिएझैँ काँग्रेस र नयाँ शक्तिवीच तालमेल भएमा त्यहाँ उनीहरुले २४ हजार ९ सय ७० मत पाउने देखिन्छ । यसरी हेर्दा काँग्रेस र नयाँ शक्तिसँग भन्दा बामगठबन्धनसँग एक सय ३२ मत मात्र बढी छ । तर जब कुरा राजनीतिक बिचारको आउँछ तब माथिको अंक गणितले काम नगर्न पनि सक्छ । अर्को कुरा स्थानीय तह पछी नयाँ शक्तिमै पनि ध्रुबीकारण आईसकेको हुँदा नयाँ शक्तिको भोट माओवादीमा आईसकेको अवस्था छ । 

माथिको अंकगणितलाई बुझेको कांग्रेसले बाम एकता पछी आफु हार्ने निश्चित देखेको छ भने क्षेत्र नम्बर १ मा नयाँ शक्तिसँग मिलेमा केहि मत बढाउन सहयोग पुगे पनि जितनै सुनिस्चित नहुने बुझेको छ । गोरखा १ मा नयाँ शक्तिको जत्रो उपस्थिति छ सबैले कांग्रेसलाई मत दिन्छन भन्ने निश्चित छैन । बाबुराम भट्टराई माओवादी नछाड्दा हसिया हतौडामा मत दिएका र कम्युनिस्ट सोच भएकाहरु धेरैले रुख चिन्हमा मत नहालीदिन पनि सक्ने हुँदा कांग्रेसले क्षेत्र नम्बर १ मा नयाँ शक्तिसँगको तालमेलमै शंका गरेको छ । 

त्यसै कारण पनि नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडे पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् । कांग्रेस पदाधिकारी र कार्यकर्ताले विभिन्न बैठकमा भट्टराइलाई जिताउँदा कांग्रेसलाई फाइदा नहुने तर्क गरे पछी गोरखा १ को अंक गणित हेरेर मात्र कांग्रेसले नयाँ शक्तिलाई २ नम्बर छाड्ने/नछाड्ने निर्णय लिने देखिएको छ । 

कांग्रेसले नयाँ शक्तिसँगको तालमेलले नयाँ शक्तिलाई मात्र फाइदा हुने देखेपनि बाम गठबन्धनको अगाडी दुवै क्षेत्रमा जित्ने सम्भावना नभएपछी नयाँ शक्तिसँग मिल्नुको बिकल्प पनि छैन तर स्थानीय कार्यकर्ता नै असन्तुष्ट भएर तालमेल गर्दा उल्टो काग्रेसकै भोट पनि कांग्रेसलाई नजाने कतिपयको बुझाई छ । अर्को कुरा फोरमसँग मिलेर नयाँ शक्तिले देशभर पाएको मतलाई गन्दा पनि कांग्रेसलाई अन्य क्षेत्रमा नयाँ शक्तिसँग तालमेल गर्दा जितकै लागि समीकरण पुग्नेगरि मत नपाउने हुँदा कांग्रेसका ठूला नेताहरुलेनै नयाँ शक्तिलाई त्यति महत्वका साथ हेरेका छैनन् । त्यसो त कांग्रेस नेताहरुले बाम एकतामा पुगेर 'कांग्रेसलाई धाराशयी बनाउनु पर्छ' भन्ने भट्टराईको अभिव्यक्तिलाई स्मरण गरिरहेका हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन