Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोजमा हुने भएको छ। असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय आजको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो।

वडा अधिवेशनहरू भने भदौदेखि नै सुरू गर्ने तयारी छ। मंगलबारको केन्द्रीय समिति बैठकमा भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरिए पनि त्यसलाई संशोधन गरिएको नेताहरूले जनाएका छन्। महाधिवेशन काठमाडौँमा आयोजना हुने भएको छ ।