2026-10-19 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ | नेपाल बार एसोसिएसनले गौरीबहादुर कार्की नेतृत्वको ‘जेन–जी आन्दोलन जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनप्रति असहमति जनाएको छ। आयोगले आफ्नो क्षेत्राधिकार नाघेर न्यायालय र कानुन व्यवसायीको मानमर्दन हुने गरी आपत्तिजनक विषयहरू समावेश गरेको भन्दै बारले आजै दिउँसो १:३० बजे सल्लाहकार समितिको बैठक बोलाएको छ।

बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार प्रतिवेदनले कानुन व्यवसाय र न्यायालयप्रति समाजमा नकारात्मक भ्रम छर्ने काम गरेको छ। उनले यस विषयमा कानुन व्यवसायीहरूबीच गम्भीर छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने बताए। आयोगको प्रतिवेदनमा न्याय प्रणालीलाई ‘वकिलको स्वर्ग’ हुनबाट बचाउनुपर्ने र न्याय सुलभ बनाउन वकिलहरूको चर्को ‘फि’ लगायतका विसङ्गतिहरू अन्त्य गर्नुपर्ने उल्लेख छ। प्रतिवेदनको एउटा अंशमा भनिएको छ, “पहुँच र पैसा नहुनेका लागि न्याय धेरै टाढाको विषय भएको छ। पक्षको तर्फबाट बहस गर्ने वकिलहरू यति खर्चिला छन् कि साधारण निवेदन लेखिदिएको मात्र पनि हजारौँ असुल गर्दछन्।”

यही टिप्पणीले समग्र कानुन व्यवसायीहरूको छविमा आँच पुर्‍याएको बारको ठहर छ। आयोगले आन्दोलनको छानबिन गर्ने मुख्य जिम्मेवारी छाडेर न्यायालयको आन्तरिक र व्यावसायिक पाटोमा अनावश्यक टिप्पणी गरेको भन्दै बारले असन्तुष्टि व्यक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ