2026-10-01 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन

काठमाडौँ | नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो संसदीय कार्यकालको मुख्य प्राथमिकता शिक्षा क्षेत्रको सुधार हुने स्पष्ट पारेका छन्। सांसदको शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका पुनले सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामा व्याप्त राजनीतिकरण अन्त्य गर्नु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए।

‘गर्नुपर्ने काम त टन्नै छन्, भनिसाध्य छैन,’ उनले भने, ‘तर खासगरी शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ।’

उनले आफू पहिलेदेखि नै जिन्दगीमा जे आइपर्छ, त्यही गर्ने र आइपरेका चुनौतीबाट पछि नहट्ने स्वभावको भएको उल्लेख गरे। भविष्यमा आफ्नो भूमिका कस्तो हुन्छ र कसरी अगाडि बढ्नुपर्छ भन्नेबारे अहिले नै ठोकुवा गर्न नसकिने उनको भनाइ छ।

‘भविष्यको कुरा कसैलाई थाहा हुँदैन, सायद भगवानलाई मात्र थाहा हुन्छ होला,’ पुनले थपे, ‘त्यसैले अहिल्यै म यसो गर्छु, उसो गर्छु भनेर ठुला कुरा गर्नुको अर्थ छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारमा संकट: जिम्मेवार निकायको अकर्मण्यताको परिणाम ! जनतालाई ग्यास दिन र महँगी नियन्त्रण गर्न पनि सरकार असफल : पद्मा अर्याल युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू