२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं

२०८२, १४ चैत्र शनिबार १५:५३

काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ सामान्य विषय भएको बताएका छन्। शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेताहरूको पक्राउभन्दा पनि देशको अस्तित्व जोगिने वा नजोगिने भन्ने विषय अहिलेको प्रमुख चासोको विषय भएको बताए।

संयोजक प्रसाईंले देश नै गम्भीर संकटमा परेको दाबी गरे। ‘केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो,’ उनले भनेका छन्। पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री वा काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई पक्राउ गर्नुले खासै अर्थ नराख्ने उनको भनाइ छ।

देशमा नियोजित रूपमा अस्थिरता र द्वन्द्व निम्त्याउने प्रयास भएको भन्दै उनले वास्तविक अपराधीहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। भदाैं २३ र २४ गतेका घटनामा संलग्न मुख्य योजनाकार र अपराधीहरूलाई तत्काल पक्राउ गर्नुपर्नेमा उनले जोड दिएका छन्। बन्द कोठामा बसेर षड्यन्त्रको डिजाइन गर्ने, मानिसहरूलाई सडकमा उतार्ने र स्कुले बालबालिकालाई विद्यालय पोशाकमै मर्नका लागि सडकमा आउन उक्साउने डिजाइनरहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।

यसैगरी, प्रसाईंले जेनजी घटनाको छानबिन गर्न गठित आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीमाथि पनि आरोप लगाए। कार्की आफैं समाजमा विद्वेष र द्वन्द्व फैलाउने कार्यमा संलग्न रहेको उनले दाबी गरेका छन्।

‘आगो लगाउनुपर्छ, सक्नुपर्छ, मार्नुपर्छ भनेर उक्साउने काममा गौरीबहादुर कार्की आफैं संलग्न छन्,’ प्रसाईंले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन