२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै

२०८२, १६ चैत्र सोमबार १२:१८

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्धय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । यो मुद्दा युवराज पौडेल (सफल) ले दुई वर्षअघि दायर गरेको रिटसँग सम्बन्धित हो । उनले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको जिकिर गरेका छन् ।

यसअघि सर्वोच्च अदालतले यस प्रकरणमा तीन पटक फाइल झिकाउने आदेश दिएको थियो । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरिएको थियो भने २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरिएको थियो । अदालतले राहदानी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारणसमेत माग गरेको थियो । सो निर्णय प्राप्त भएपछि अहिले दोहोरो सुनुवाइ हुन लागेको हो । तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए । उक्त निर्णयविरुद्ध पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा उनले राहदानी विवादमा लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेशको माग समेत गरेका थिए, तर सर्वोच्चले उक्त माग अस्वीकार गरेको थियो ।

रिट निवेदनमा अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको दाबी गर्दै पासपोर्ट प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य भएको उल्लेख गरिएको छ । महान्यायाधिवक्ताले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय दुराग्रहपूर्ण रहेको दाबी गर्दै निवेदकले आपत्ति जनाएका छन् । त्यसैगरी, राहदानी प्राप्त गर्ने क्रममा लामिछानेको आपराधिक मनसाय नभएको निष्कर्ष महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निकालेको पनि रिटमा उल्लेख छ । लामिछानेले उक्त राहदानी कुन–कुन समयमा र के प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने माग गरिएको छ ।

रिटमा दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको हैसियतमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा