
काठमाडौँ | पूर्वमन्त्री दिपक खड्का अस्पताल भर्ना भएका छन् । चैत १५ गते आइतबार पक्राउ परेका खड्का स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
आइतबार पक्राउ परेका उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ । गत भदौमा भएको जेन-जी आन्दोलनका क्रम उनको घरबाट ठुलो परिमाणमा रकम भेटिएको थियो । सोहि विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।