१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश दुईको राजधानी सर्लाहीमा हुनुपर्ने माग

१२ कार्तिक २०७४, आईतवार १३:२६

सरोज यादव/कात्तिक १२, सर्लाही । दुई नम्बर प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जमा हुनु पर्दछ भन्ने चर्चा परिचर्चा चलिरहँदा सर्लाहीबासीहरुले प्रदेश नं.२ मा रहेको ८ वटै जिल्लाको बीचमा पर्ने सर्लाही जिल्लामा नै राजधानी हुनुपर्ने माग गरेका छन् ।

सर्लाहीको मलंगवामा शनिबार आयोजना गरिएको प्रदेश नं. २ को राजधानी उपयुक्त स्थानमा राख्ने सम्बन्धी बृहत छलफल कार्यक्रममा वक्ताहरुले सर्लाही आठवटै जिल्लाको बीचमा रहेकोले राजधानीका लागि सर्लाही उपयुक्त ठाउँ रहेको धारणा राखेका थिए ।

राजधानी वीरगञ्जमा राख्दा सप्तरी, सिरहा र धनुषालाई टाढा पर्छ भने जनकपुर राखियो भने पर्सा र बारालाई टाढा पर्ने नागरिक समाजका अगुवा महेन्द्रप्रसाद कर्ण बताएका छन् । जनकपुर र वीरगञ्ज आ(आफ्नै विशेषताले विकसित भएको स्थानलाई फेरी राजधानी बनाएर अरु जिल्लालाई पछाडी पार्ने काम भएको कर्णले बताएका छन् ।


‘वीरगंज औद्योगिक क्षेत्र र जनकपुर जानकी माताको जन्मभूमी भएको हिसाबले ती क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान छ’, कर्णले भने,‘सर्लाहीमा राजधानी बनायो भने सर्लाहीको विकास तथा पहिचान बढ्ने छ ।’ प्रदेशको केन्द्रमा पर्ने सर्लाहीलाई हटाएर कुनै एक कुनामा राजधानी बनाउनु सरासर गलत भएको राजपाका केन्द्रीय सदस्य जुल्फेकार मिकरानीले बताए । 

‘पायकपर्ने स्थानमा राजधानी हुनुपर्छ । सेवाग्राहीलाई सुगम पर्ने स्थानमा राजधानी बनाइनु पर्छ । राजधानीका नाममा जनतालाई दुःख दिने काम कुनै पनि हालतमा गरिनु हुदैन’ उनले भने । नागरिक समाजका अध्यक्ष उग्रकान्त झाँले सर्लाहीमा पूर्व पश्चिम राजमार्गको छेउछाउमा खाली रहेको हजारौं विघा जमिनमा पूर्वाधार निर्माण गरी राजधानी बनाए राम्रो हुने बताएका छन् ।

‘जमिनको हिसाबले सबैभन्दा बढी जमिन सर्लाहीमा खाली छ’, झाँले भने,‘ वन बिनास गरिएको हरिवनको नयाँरोड, नवलपुर तथा लालबन्दीमा खाली रहेको जमिनमा राजधानी बनाउनका लागि पर्याप्त जमिन छ ।’ सर्लाहीमा राजधानी बनाइएन भने चरणबद्ध रुपमा दबाबका कार्यक्रमहरु गर्ने राजधानी निर्माणसंघर्ष समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो