स्थानीय तह खारेजी अभियान चलाउछौ: बिश्वकर्मा

Posted on: 30 Oct, 2017

कार्तिक १३, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्माले स्थानीय तहका सत्ता खारेज गरि जनसत्ता चलाउने बताएका छन् । 

आइतबार कालीकोटको सदरमुकाम मान्ममा आयोजित आमसभालाई सम्बोधन स्थानीय तहका सत्ताहरुले जनतालाई राम्रो सेवा दिन नसकेमा खारेज गरिने गरेर जनसत्ता चलाउने बताए । ‘हामीले जनसत्ता चलाउने तयारी गरेका छौं’ उनले भने, ‘हामीले त्यसका लागि स्थानीय तहका सत्ता भत्काउदै छौं ।’

काठमाडौं सिहदरबार गाउँ गाउँमा आएको प्रचार गरिएको छ त्योसँगै गाउँ गाउँमा बिकृति पनिसँगै आएको प्रवक्ता बिश्कर्माले बताए । ‘गाउँ गाउँमा सिंहदरबार मात्र आएको छैन्’ उनले भने, ‘बिकृति भष्ट्राचार पनि मौलाउँदै आएको छ ।’

सत्ता सबै दलालहरुको हातमा गएको र दलालहरुकै कारणले देशमा बिकृति बढ्दै गएको बिश्वकर्माले बताए । ‘सत्ता अहिले दलालहरुको हातमा रहेको छ’ उनले भने, ‘नेपालका नेताहरु दिल्लीको इसारामा चल्ने गरेका छन् ।’

आगामी  मंसिर १० र २१ गते हुने प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन पूर्ण रुपमा बहिष्कार गर्ने र राज्यले आफुहरुलाई दमन गर्न आएका कडा रुपमा प्रतिवाद गर्ने बिश्वकर्माले बताए । ‘हामीले दुवै तहका निर्वाचन पूर्ण रुपमा बहिष्कार गर्ने नीति लिएका छौं’ उनले भने, ‘निर्वाचनका नाममा आफुहरुलाई दमन गरिए त्यसको कडा रुपमा प्रतिवाद गरिनेछ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!