दार्चुलाका १५ मतदान केन्द्र अति सम्बेदनशील

Posted on: 31 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी/कात्तिक १४, दार्चुला । दार्चुलाका १५ वटा मतदान स्थल अति सम्बेदनशील रहेको सुरक्षा स्रोतले जनाएको छ । 

सुरक्षा समितिले तयार गरेको विवरण अनुसार जिल्लाभरीका १ सय १० स्थल मध्ये १५ वटा अति सम्बेदनशील रहेको जनाइएको हो । जिल्लामा १ सय २९ वटा मतदान केन्द्र रहेका छन् । 

गत वर्ष १ सय २८ मतदान केन्द्र रहेकोमा प्रतिनिधि सभा र प्रदेश सभाको लागि मतदाता थपिएसँगै एक मतदान केन्द्र थप भएको हो । यस्तै १९ वटा मतदान स्थल सम्बेदनशील रहेका छन् भने ७६ वटा मतदान स्थल सामान्य रहेको सुरक्षा समितिले विश्लेषण गरेको छ । 

अति सम्बेदनशील र सम्बेदनशील मतदान केन्द्रमा सुरक्षा रणनीति मजबुद बनाइने बताइएको छ । दलहरूबिचको अस्वस्थ प्रतिस्पर्धा, भौगोलिक विकटता लगायतका कारण सम्बेदनशिल क्षेत्रमा राखिएको हो । स्थानीय तह निर्वाचनमा जिल्लाका ८ वटा मतदान स्थल अति सम्बेदनशील रहेका थिए । 

जिल्लाका मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र दुहु गाउँपालिकाका विभिन्न मतदान स्थलहरु अति सम्बेदनशिल सूचीमा रहेको स्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!