१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले तोक्यो एमाले विनै निर्वाचन परिचालन समिति ?

१४ कार्तिक २०७४, मंगलवार १२:१२

प्रेम सुनार/कात्तिक १४, गुल्मी । नेकपा माआवेवादी केन्द्र गुल्मीको कार्तिक १३ र १४ गते जिल्ला पार्टी सचिवालय बैठक सम्पन्न गरेको छ । 

बैठकले अव हुन गई रहेको संघ र प्रदेशको निर्वाचनका लागि जिल्ला र प्रदेश तह सम्मका संयोजकहरु तोकेको छ । संघिय निर्वाचनका लागि क्षेत्र नम्वर १ मा  जिल्ला सहईञ्चार्ज युवाराज केसी तोकिएका छन् । क्षेत्र नम्वर २ मा निमबहादुर पाण्डे तोकिएका छन् । 

प्रदेश सभाका लागि एक नवर क्षेत्र क प्रदेशमा चित्रबहादुर केसी, ख प्रदेशमा मनिराम ज्ञवाली तोकिएका छन् । क्षेत्र नम्वर २ को क  प्रदेशमा खुमबहादुर थापा र ख प्रदेशमा ज्ञानकुमार बुढा तोकिएका छन् । सो पार्टीको प्रचार विभागले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बैठकको निर्णय सार्वजानिक गरेको हो । 

वैठकका  सवै निर्णयहरु सार्वाजानिक गर्दै जिल्ला स्तरको वाम गठबन्धन र पार्टी एकतालाई प्रभावकारी बनाउन माओवादी केन्द्रको तर्फबाट जिल्ला ईञ्चार्ज दिनेश पन्थी, सह ईन्चार्ज सुदर्शन वराल , संयोजक विरबहादुर कार्की, सह ईन्चार्जद्धयः युवाराज केसी र बुद्धि जिसी तोकिएका छन् । 

बैठकले निर्वाचन आर्थिक समिति संयोजकमा संयोजक विरबहादुर कार्कीलाई तोकेको छ । युवा परिचालन समिति संयोजकमा वाईसियल जिल्ला ईन्चार्ज ताराबहादुर राना र शिक्षक कर्मचारी समन्व्य कमिटी संयोजकमा पुर्व सांसद टंकप्रसाद पोखरेल तोकिएका छन् ।                   

 गुल्मीका वाम शक्तिहरु विच बल्लै भो भेट

केन्द्र र अन्य जिल्लामा वामगठबन्धन विचको भेटघाट र छलफल हुन थालेको महिनौ भए पनि गुल्मीका वामगठबन्धन विचका नेताहरुको भेट भने आज सोमवार मात्रै भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र गुल्मीका शिर्ष नेताहरु विच आज भेटघाट भई जिल्ला स्तरमा ५ सदस्यी संयुक्त निर्वाचन कमिटी निमार्ण गर्ने विषयमा छलफल भएको माओवादी केन्द्र गुल्मीका संयोजक विरबहादुर कार्कीले बताए ।

अहिले सम्म वामतालमेल विच औपचारिक छलफल हुनै पाएको थिएन नेता कार्कीले भने भोली देखि हामी जिल्ला र क्षेत्रिय स्तरको संयुक्त चुनाव परिचालन कमिटी गठन गर्ने प्रदेशमा १ मा  वराल सर्वसम्मत ४ मा दुवैको दावि

माओवादी केन्द्र गुल्मीले नेकपा एमाले संग तालमेल गर्दा यहाँको दुई प्रदेश सहित प्रतिनिधी सभा उमेदवार  दुई वटै एमाललाई दिने भएको छ भने दुई वटा प्रदेश मात्र उसले पाउने भएको छ । जस मध्ये क्षेत्र नम्वर १ को ख प्रदेशमा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य एर्व पुर्व सांसद सुदर्शन वराल पार्टीबाट सर्वसम्मत भएका छन् भने उसले पाउने क्षेत्र नम्वर २ को ४ नम्वर प्रदेशमा भने सोही पार्टीका दुवै नेताहरुले दावि छाडेका छैनन ।

अहिले साँझ टुङ्गो नलागेको बेला सम्म दुवैले आ–आफुलाई टिकट पाउने विश्वास ब्यक्त गरेका छन् । संघ टिकट पाएका नेता बुद्धि जिसीले पार्टी केन्द्रमा संघको टिकट पाएका नेताले एमाले संघ ६०/४० को बाँडफाँड अनुसार त्यस्तो जिल्लामा संघको उमेदवार एमालले पाए माओवादी केन्द्रबाट संघको उमेदवारले स्वतः प्रदेश पाउने नीति बनेकोले त्यही नीति अनुसार आफु माथी न्याय हुने विश्वास ब्यक्त गरेका छन् । 

उता अर्का नेता दिनेश पन्थीले सुरु मै सोही प्रदेश पाएकोले सोही अनुरुप आफुले टिकट पाउने विश्वास ब्यक्त गरे ।  तर उनले केन्द्रले बनाएको उक्त नीति देशैभर लागु गरे माओवादी केन्द्रको एक वफादार सिपाहीको नातले स्वीकार गर्ने प्रतिकृया दिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने