२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले ढुङ्गेल पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन गर्दै

२०७४, १५ कार्तिक बुधबार ११:४२

कात्तिक १५, काठमाडौं । बालकृष्ण ढुङ्गेलको पक्राउको विरोधमा नेकपा निकट जनवर्गीय संगठनहरुको अयोजनामा भोली (विहिबार) ३ बजे विरोध प्रदर्शन र सभा हुने भएको छ । 

अपरान्ह ३ बजे काठमाडौं, शान्तिबाटिकाबाट सुरु हुने जुलुश शहरका विभिन्न स्थान परिक्रमा गरेपछि सोही स्थानमा आएर सभामा परिणत हुने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

ढुंगेललाई पक्राउ गरेपछि विप्लवले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका योजनाकारलाई सरकारमा सहभागि गराएर मोजमस्तीमा सहकार्य गर्ने अनि कार्यकर्तालाई चाहिँ दोषी बनाएर जेल कोज्ने कार्य भएको भन्दै आपत्ति समेत जनाएका थिए ।

बिज्ञप्तिमा जनयुद्धका क्रममा भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनमा विशेष योगदान गर्ने व्यक्तिलाई अलग गरेर आन्दोलनका विषयलाई व्यक्ति विशेषको अपराध बनाएर क्रान्तिकारी आन्दोलनलाई नै कमजोर बनाउने कार्य भएको उल्लेख समेत गरिएको थियो । 

२०५५ साल असार १० गते ओखलढुङ्गाका उज्जैन कुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै ढुङ्गेललाई जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्चको उक्त फैसला कार्यान्वयन नभएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कात्तिक ८ गते प्रहरी महानिरीक्षक प्रकाश अर्यालबिरुद्ध अदालतको अवहेलना मुद्दामा रिट दायर गरेपछि प्रहरीको केन्द्रिय अनुशन्धान ब्यूरो (सिआईबी)को टोलीले ललितपुरको सातदोबाटोबाट ढुङ्गेललाई मङ्गलवार विहान पक्राउ गरेको छ । 

सर्वोच्चले ढुङ्गेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै महानिरीक्षक अर्याल अधिवक्ता त्रिपाठीले अदालतको अवहेलना गरिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । माओवादीका नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुङ्गेललगायत उक्त घटनामा दोषी रहेकाहरुलाई सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन