१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले ढुङ्गेल पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन गर्दै

१५ कार्तिक २०७४, बुधबार ११:४२

कात्तिक १५, काठमाडौं । बालकृष्ण ढुङ्गेलको पक्राउको विरोधमा नेकपा निकट जनवर्गीय संगठनहरुको अयोजनामा भोली (विहिबार) ३ बजे विरोध प्रदर्शन र सभा हुने भएको छ । 

अपरान्ह ३ बजे काठमाडौं, शान्तिबाटिकाबाट सुरु हुने जुलुश शहरका विभिन्न स्थान परिक्रमा गरेपछि सोही स्थानमा आएर सभामा परिणत हुने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

ढुंगेललाई पक्राउ गरेपछि विप्लवले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका योजनाकारलाई सरकारमा सहभागि गराएर मोजमस्तीमा सहकार्य गर्ने अनि कार्यकर्तालाई चाहिँ दोषी बनाएर जेल कोज्ने कार्य भएको भन्दै आपत्ति समेत जनाएका थिए ।

बिज्ञप्तिमा जनयुद्धका क्रममा भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनमा विशेष योगदान गर्ने व्यक्तिलाई अलग गरेर आन्दोलनका विषयलाई व्यक्ति विशेषको अपराध बनाएर क्रान्तिकारी आन्दोलनलाई नै कमजोर बनाउने कार्य भएको उल्लेख समेत गरिएको थियो । 

२०५५ साल असार १० गते ओखलढुङ्गाका उज्जैन कुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै ढुङ्गेललाई जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्चको उक्त फैसला कार्यान्वयन नभएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कात्तिक ८ गते प्रहरी महानिरीक्षक प्रकाश अर्यालबिरुद्ध अदालतको अवहेलना मुद्दामा रिट दायर गरेपछि प्रहरीको केन्द्रिय अनुशन्धान ब्यूरो (सिआईबी)को टोलीले ललितपुरको सातदोबाटोबाट ढुङ्गेललाई मङ्गलवार विहान पक्राउ गरेको छ । 

सर्वोच्चले ढुङ्गेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै महानिरीक्षक अर्याल अधिवक्ता त्रिपाठीले अदालतको अवहेलना गरिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । माओवादीका नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुङ्गेललगायत उक्त घटनामा दोषी रहेकाहरुलाई सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो