१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाका प्रदेश संयोजकसहित दर्जनौ नेता एमालेमा प्रवेश

१५ कार्तिक २०७४, बुधबार १५:०२

नरी बडु/कात्तिक १५, बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नम्बर ७ संयोजक पुष्करराज जोशी (लख्खाभाई) ले दर्जनौँ नेता कार्यकर्ता सहित एमाले प्रवेस गरेका छन् ।

अखण्ड सुदूरपश्चिमका तत्कालिन संयोजक समेत रहेका जोशीलाई एमाले उमाध्यक्ष भिम रावलले एमाले प्रवेस गराएका हुन् । चुनावको मुखैमा प्रदेश संयोजक सहित दर्जनौ नेता कार्यकर्ताहरुले एमाले प्रवेस गरेपछि लोकतान्त्रिक गठबन्धनलाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ ।


स्थानीय तह निर्वाचनमा दशरथचन्द नगरपालिकाको मेयर पदका उमेदबार समेत बनेका जोशी नेपाली काग्रेसका सभापति नरेन्द्र थापासंग ६२ मतको झिनो अन्तरले पराजित भएका थिए ।

जोशी सहित प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सदस्य एवमं प्रदेश संयोजक दीपेस शाह, राप्रपाका जिल्ला कमिटी सचिव प्रजापती जोशी, राप्रपाका पुर्व जिल्ला उपाध्यक्ष कृष्ण बहादुर चन्द, जिल्ला कमिटी सहसचिव सुरेन्द्र भाट र राप्रपाका जिल्ला सदस्य एवमं पञ्चेश्वर गाँउपालिकाका वडा अध्यक्ष रामसिह पुजारा सहित ३६ जनाले एमाले प्रवेस गरेका हुन् । एमाले उपाध्यष भिम रावलले काग्रस लगायतका अन्य पार्टी परित्याक गर्ने नेता कार्यकर्तालाई पनि एमाले प्रवेस गराएका छन् ।

राप्रपाबाट असन्तुष्ट भएका उनिहरुले राष्ट्र र राष्ट्रियताको हितका साथै देशको दिर्घकालीन विकास गर्ने एमालेमात्रै हो भन्दै बुधबार एमाले प्रवेस गरेका हुन् ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो