२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ–गाउँमा पुगेका सिंहदरबार सदरमुकाममै थन्किए

१५ कार्तिक २०७४, बुधबार १५:३१

दलसिंह गिरी/कात्तिक १५, कालीकोट । गाउँ गाउँमा पुगेको स्थानीय तहका कार्यालय (सिंहदरबार) जिल्ला सदरमुकाममा केन्द्रित भएका छन् । 

स्थानीय तहमा कुनै पनि कार्यालय नहुँदा गाउँ गाउँ पुगेको सिंहदरबारहरु सदरमुकामका केन्द्रित भएका हुन् । जिल्ला ३ नगरपालिका र ६ गाउँपालिका रहेको कालिकोटमा सबै स्थानीय तहहरुले जिल्ला सदरमुकाम मान्ममा कार्यालय खोलेका छन् ।

स्थानीय तहमा बैकिङ्ग सेवा, मालपोत, कृषि, स्थानीय प्रशासन लगायतका अन्य कार्यालयहरु स्थापना हुन नसक्दा सदरमुकाम आउनु पर्ने बाध्यता भएका कारणले सदरमुकाम नै कार्यालय खोल्नुपर्ने बाध्यता आएको नरहरीनाथ गाउँपालिका कार्यकारी अधिकृत धर्मेन्द्र शाहीले बताए । ‘स्थानीय तह व्यवस्थित हुन सकेका छैनन्’ उनले भने, ‘सबै काम सदरमुकामबाट नै गर्नु पर्ने भएका कारणले कार्यालय स्थापना गरेका हौं ।’

स्थानीय तहमा कुनै पनि सरकारी कार्यालय नहुनु नागरिकताका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता, बैकिङ कारोबार गर्न बैंकको अभाव लगायतका कारण स्थानीय सबै काम सदरमुकाम गर्नु पर्ने बाध्यता रहेको सान्नित्रिवेणी गाउँपालिका वडा अध्यक्ष भरतबहादुर बिकले बताए । 

‘स्थानीय तहमा कुनै पनि सरकारी कार्यालय स्थापना हुन सकेका छैनन्’ उनले भने, ‘बैंकिङ कारोबार गर्न, नागरिकता बनाउन अन्य काम गर्न सदमुकाम नै धाउनुपर्ने बाध्यता रहेको छ ।’

स्थानीय तहबाट हुने काम कारवाहीबारे स्पष्ट ऐन व्यवस्था नहुँदा प्रायः काठमाडौं रहेको सिंहदरबार गाउँ गाउँमा पुगको भनिए पनि सर्वसाधारण मानिसहरुले सदरमुकाममा नै सबै काम गर्न आउनु पर्ने बाध्यता रहेको पत्रकार अनन्त बरालले बताए । ‘गाउँ गाउँमा सिंहदरबार पुगेको भनिएको छ’ उनले भने, ‘स्थानीय तहको ऐन र कानून नहुँदा पनि यो समस्या आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य