२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डेल्धुरामा देउवालाई ठुलो धक्का: पार्टी सभापति एमालेमा प्रवेश

२०७४, १५ कार्तिक बुधबार १५:५०

ललित बोहरा/कात्तिक १५, डडेल्धुरा । चुनावको मुखैमै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व पार्टी सभापति शेरबहादुर ढाँट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधवार उनलाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नं ७ का ईन्चार्ज भीम रावलले पार्टीमा स्वागत गरेका हुन् । २०४६ सालदेखि नेपाली कांग्रेसबाट आफ्नो राजनीतिक जीवन सुरुवात गरेका ढाँटले कांगेससंगको यात्रालाई पूर्णविराम लगाइ एमालेमा प्रवेश गरेको हुन् । २०४६ सालको आन्दोलनको नेतृत्व समेत गरेका उनी तत्कालिन जिल्ला विकास समिति सदस्य समेत हुन् ।

कांग्रेसमा आफ्नो कुनै किसिमको अस्तीत्व नदेखेर र आफ्नो राजनीतिक भविष्य नै सुनिश्चित नहुने भन्दै आफूले एमालेमा प्रवेश गरेको उनले बताएका छन् ।


‘नेपाली कांग्रेसले राष्ट्रिय एकतालाई खतरामा पारेको छ उनले भने ‘अहिले वाम गठबन्धले देशको भविष्य उज्जवल बनाउने निश्चित छ ।’ त्यस कारण कांग्रेससंगको ३० वर्षिय लामो राजनीतिक यात्रालाई पूर्णविराम लगाइ एमालेमा प्रवेश गरेको हुँ ।’

तत्काल आफू कसैलाई आरोप प्रत्रोप नगर्ने बताउँदै ढाँटले अब शुन्यबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका पूर्व पार्टी सभापति ढाँट लगायतका एकदर्जन युवाहरुले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष एवंम् प्रदेश नं. ७ का ईन्चार्ज भीम रावलले अधिकार प्राप्तीको लडाईलाई अब आर्थीक सम्वृद्धि संग जोड्नु पर्ने बताएका छन् ।

नेकपा एमाले डडेल्धुराले आज पार्टी कार्यालयमा आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा बोल्दै नेता रावलले नेपालको इतिसाहमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन महत्वपूर्ण रहेको बताउदै ‘यो निर्वाचनबाट देशलाई आर्थिक समृद्धीको महाअभियानसंग जोड्ने पार्टीलाई जनमत दिनुपर्ने बताएका छन् । 

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले जम्वो मन्त्रीमण्डल बनाएर विदेश भ्रमणका क्रममा समेत देशको वेईज्जत गरेको भन्दै नेता रावलले एमालेको नौ महिने सरकारका बेला १५ जनाको मन्त्री मण्डलले देशका लागि गर्भ गर्न लायक कार्यक्रम पेश गरेको बताएका छन् ।

बाम गठवन्धनलाई देखेर केही व्यक्तिहरु साम्यवाद आउने भयो भनेर रोदन गरिरहेकाले २००६ साल देखि आज सम्मको ईतिहासमा नेपाली कांग्रेस अधिनायकवादको नमुना भएर प्रस्तुत भएको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन