कात्तिक १६, इनरुवा । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १६, इनरुवा । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कु"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो: अर्थमन्त्री कार्की

१६ कार्तिक २०७४, बिहीबार ०४:०३

कात्तिक १६, इनरुवा । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कुराकानी गर्नुहुँदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । 

मन्त्री कार्कीले लोकतन्त्रलाई समाप्त पार्नका लागि विभिन्न राजनीतिक दलहरु लागिपरेकाले अब सबै प्रजातान्त्रिक शक्ति मिलेर त्यसलाई परास्त गर्नका लागि एक ढिक्क भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री कार्कीले सबै प्रजातान्त्रिक शक्ति एक भएर लागे सुनसरीका प्रतिनिधि सभातर्फ चार सिट र प्रदेश सभातर्फ आठ सिट गरी जम्मा १२ सिटमा नेपाली काँग्रेसको जित निश्चित रहेको दाबी गर्नुभयो । उहाँले काँग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउनुहुँदै यसको रक्षा गर्नका लागि सबैले एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री कार्कीले वाम गठबन्धनले देशमा कम्युनिष्ट तानाशाह ल्याउन खोजेको समेत दाबी गर्नुभयो । उहाँ प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिनका लागि सुनसरी आउनुभएको हो । 

फरक प्रसंगमा बोल्नुहँुदै मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ को विकासका लागि आफू अहोरात्र काम गर्ने बताउनुभएको छ । उहाँले आफू भोजपुरबासी भएपनि अबको आफ्नो बाँकी राजनीतिक जीवन सुनसरीका लागि खर्च गर्नेसमेत उद्घोष गर्नुभयो । 

सुनसरीको क्षेत्र नम्बर ४ विकासको हिसाबले निकै पछाडि रहेका कारण अब त्यहाँको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको बताउनुभयो । मन्त्री कार्कीले उक्त क्षेत्रका समस्याको पहिचान आफूले गरिसकेका कारण त्यसको समाधानका लागि काम गर्ने समेत बताउनुभयो । 

मन्त्री कार्कीले सो क्षेत्रमा रहेको सडक समस्या, सिँचाइ, बन्यजन्तु आरक्षलगायतको समस्याको पहिचान गरिसकेका कारण त्यसलाई समाधान गर्नका लागि आफूले मन्त्रालयबाट विशेष कार्यक्रम ल्याउनेसमेत दाबी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो