कात्तिक १६, इनरुवा । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १६, इनरुवा । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कु"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो: अर्थमन्त्री कार्की

२०७४, १६ कार्तिक बिहीबार ०४:०३

कात्तिक १६, इनरुवा । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कुराकानी गर्नुहुँदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । 

मन्त्री कार्कीले लोकतन्त्रलाई समाप्त पार्नका लागि विभिन्न राजनीतिक दलहरु लागिपरेकाले अब सबै प्रजातान्त्रिक शक्ति मिलेर त्यसलाई परास्त गर्नका लागि एक ढिक्क भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री कार्कीले सबै प्रजातान्त्रिक शक्ति एक भएर लागे सुनसरीका प्रतिनिधि सभातर्फ चार सिट र प्रदेश सभातर्फ आठ सिट गरी जम्मा १२ सिटमा नेपाली काँग्रेसको जित निश्चित रहेको दाबी गर्नुभयो । उहाँले काँग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउनुहुँदै यसको रक्षा गर्नका लागि सबैले एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री कार्कीले वाम गठबन्धनले देशमा कम्युनिष्ट तानाशाह ल्याउन खोजेको समेत दाबी गर्नुभयो । उहाँ प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिनका लागि सुनसरी आउनुभएको हो । 

फरक प्रसंगमा बोल्नुहँुदै मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ को विकासका लागि आफू अहोरात्र काम गर्ने बताउनुभएको छ । उहाँले आफू भोजपुरबासी भएपनि अबको आफ्नो बाँकी राजनीतिक जीवन सुनसरीका लागि खर्च गर्नेसमेत उद्घोष गर्नुभयो । 

सुनसरीको क्षेत्र नम्बर ४ विकासको हिसाबले निकै पछाडि रहेका कारण अब त्यहाँको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको बताउनुभयो । मन्त्री कार्कीले उक्त क्षेत्रका समस्याको पहिचान आफूले गरिसकेका कारण त्यसको समाधानका लागि काम गर्ने समेत बताउनुभयो । 

मन्त्री कार्कीले सो क्षेत्रमा रहेको सडक समस्या, सिँचाइ, बन्यजन्तु आरक्षलगायतको समस्याको पहिचान गरिसकेका कारण त्यसलाई समाधान गर्नका लागि आफूले मन्त्रालयबाट विशेष कार्यक्रम ल्याउनेसमेत दाबी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश