९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा प्रतिनिधी सभा र प्रदेश सभाको लागि १९ जनाको मनोनयन दर्ता

१७ कार्तिक २०७४, शुक्रबार ०३:११

ललित बोहरा/कात्तिक १७, डडेल्धुरा । डडेल्धुरा जिल्लामा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि १९ जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिनिधी सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवा र बाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टको उमेदवारी दर्ता भएको छ । यो संगै प्रतिनिधी सभाका लागि डडेल्धुराबाट ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।


प्रधानमन्त्री देउवा मनोनयन दर्ता गराउन आफै जिल्ला नआएकाले देउवाका प्रतिनिधी गणेश प्रसाद पन्त मार्फत उमेदवारी दर्ता गराएका हुन् । देउवाका पूर्व स्वकीय सचिव पन्तले दिउँसो १ बजे उमेदवारी दर्ता गराएका हुन् । 

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादीका सचिवालय सदस्य खगराज भट्टले उम्मेदवारी दिएका छन् । उनले दिउसो तिन बजे मनोनयन दर्ता गराएका हुन् । यस्तै प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमार्चाबाट लालबहादुर जाग्री, नेपाल दलित पार्टी बाट रमेश टमटा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट र स्वतन्त्र उमेदवार कर्णसिंह रावलले प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजाल जानकारी दिएका छन् ।


प्रदेशसभाको निर्वाचन क्षेत्र ‘क’ बाट नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति रघुबर भट्ट, बाम गठबन्धनबाट एमालेका पठनसिंह बोहरा, जनमोर्चाका चन्द्रसिंह बोहरा, नयाँ शक्ति नेपालका बिष्णु ठकुराठी, राष्ट्रिय यर्थाथवादी पार्टीका लालबहादुर दमाई र राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिसिंह साउँदले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’ बाट कांग्रेसबाट जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष डा.ताराप्रसाद जोशी, राष्ट्रिय जनमोर्चाका पदम बहादुर ओली, नयाँ शक्ति पार्टी नेपालका लक्ष्मीकान्त पनेरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका कालीप्रसाद जोशीको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ ।


डडेल्धुरा जिल्लामा मनोनयन दर्ता पनि नेपाली कांग्रेस र बाम गठवन्धनका उमेदवारहरुले सभाको आयोजना गरेका छन् । सभामा नेपाली कांग्रेसका नेताहरुले वाम गठवन्धनको प्रभावमा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् भने बाम गठवन्धनका उमेदवारहरुले जिल्लाको विकासका लागि वाम गठवन्धनका उमेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो