२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास र समृद्धिका लागि गठबन्धनले जित्नुपर्छ: भट्टराई

२०७४, १७ कार्तिक शुक्रबार ०३:२३

कात्तिक १७, गोरखा । नयाँ शक्ति पार्टीका संयोजक, गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले देशमा विकास र समृद्धि ल्याउन मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली काँग्रेस बीचको गठबन्धनले जित्नुपर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेसको सहयोगमा गोरखा–२ का उम्मेदवार हुनुभएका डा भट्टराईले बिहीबार गोरखाको बारपाक पुगेर चुनावी घरदैलो र चुनावी सभाका क्रममा अर्थमन्त्री, प्रधानमन्त्री हुँदा आफूले विकास तथा निर्माणको जग राखेको भन्दै सो पूरा गर्न आफ्नो जित आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी कसैको विरुद्ध होइन । शान्ति, संविधान कार्यान्वयन र स्थिरताका लागि हो ।” आफूले शहीदको सपनालाई घात गरेको प्रतिस्पर्धीले आरोप लगाउने गरेको भन्दै भट्टराईले शहीदका सपना राजतन्त्र अन्त्य गर्दै देशलाई विकास र समृद्धितर्फ लैजाने थियो भन्दै विकास र समृद्धिको नेतृत्व नयाँ शक्तिले गर्दै आएको दाबी गर्नुभयो । 

आफूलाई गोरखा–२ मा उम्मेदवार हुन निषेध गरिएको भन्दै भट्टराईले नेता नारायणकाजी श्रेष्ठतर्फ संकेत गर्दै भन्नुभयो, “उहाँ माओवादी होइन । उहाँ किन माओवादी हुन रहर गरिरहनुभएको छ मैले कुरो बुझेको छैन ।” शान्ति प्रक्रिया आफ्नो पहलमा भएको भट्टराईको भनाइ थियो । 

यस्तै, भट्टराईले बारपाकीलगायत भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न कम्तीमा रु. पाँच लाखका दरले अनुदान दिनुपर्ने बताउनुभयो । आफ्नो पालामा बारपाक सडक निर्माण शुरु भएको बताउँदै उहाँले एक वर्षभित्रमा सडक कालोपत्र गरिने बारपाकीलाई आश्वासन दिनुभएको छ । 

चुनावी सभालाई गोरखा–२ प्रदेशसभा (ख) का नेपाली काँग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफूलाई जिताएर विकासको ढोका खोल्न बारपाकवासीलाई आग्रह गर्नुभयो । 

यस्तै, उम्मेदवारहरु भट्टराई र दवाडीले बारपाकीका घरघर पुगेर चुनावी घरदैलो र भोट माग्नुभएको छ । चुनावी घरदैलो र सभामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन