९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन जाँदैछन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया

१७ कार्तिक २०७४, शुक्रबार १०:३०

कात्तिक १७, सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता दक्षिण कोरियाको भ्रमणमा जान लाग्नु भएको छ । 

उहाँले यही नोभेम्बरको ७ देखि ८ सम्म कोरियाको भ्रमण गर्न लाग्नुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको छ । 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रिय सभालाई गर्न लाग्नु भएको सम्बोधनको क्रममा राष्ट्रपति ट्रम्प त्यहाँ पुग्न लाग्नु भएको बताइएको छ । दक्षिण कोरियाको राजधानी सोलबाट ४० किलोमिटर दक्षिणमा पर्ने अमेरिकी सैनिक शिवीरको भ्रमणमा पनि उहाँ जान लाग्नु भएको बताइएको छ । 

ब्ल्यु हाउसमा हुन लागेको एक विशेष सभामा राष्ट्रपति मुन जाए इनको साथमा राष्ट्रपति ट्रम्प पनि रहनुहुने बताइएको छ । सो सभामा राष्ट्रपतिको सम्बोधन हुने छ । यस छलफलमा दक्षिण कोरिया र अमेरिकाका वरिष्ठ सरकारी अधिकारीहरुको सहभागिता रहने बताइएको छ । 

सो भ्रमणका क्रममा दक्षिण कोरिया र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ । 

उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने अहिले नै केही बताइएको छैन । उहाँले कोरियाको संसद बैठकलाई पनि सम्बोधन गर्नुहुने भएको समाचारमा जनाइएको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो