२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

२०७४, १७ कार्तिक शुक्रबार १०:५२

कात्तिक १७, लहान । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । 

जिल्लामा प्रनिनिधि सभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेश सभामा दुईजना पूर्वमन्त्री चुनावी दौडमा हुनुहुन्छ ।

सिरहा क्षेत्र नं ४ मा फोरम–राजपा गठबन्धनको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उहाँहरुसँगै सो क्षेत्रमा नेपाली काँग्रेसका नेता मोख्तार अहमद चुनावी मैदानमा उत्रिनुभएको छ । 

सिरहा क्षेत्र नं १ मा फोरम–राजपा गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्वमन्त्री राजलाल यादव चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । उहाँसँग नेपाली काँग्रेसका नेता प्रदीप गिरी र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का नेता गंगाप्रसाद यादव प्रतिस्पर्धामा हुनुहुन्छ । 

क्षेत्र नं २ मा फोरम राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शत्रुघ्नप्रसाद सिंह महतोले चुनावी दौडमा सिट सुरक्षित गर्नुभएको छ भने उहाँसँगै वामगठबन्धनका तर्फबाट पूर्व स्वास्थ्य सहायक मन्त्री सुरेशचन्द्र दास यादव र नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं २ (क) मा फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व आपूर्ति मन्त्री विजयकुमार यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने उहाँसँगै वाम गठबन्धनका तर्फबाट माओवादीका जीवछ यादव र काँग्रेसका शैलेन्द्रकुमार यादव प्रतिस्पर्धामा हुनुहुन्छ । 

क्षेत्र नं ३ (क) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादव चुनावी दौडमा उत्रिनुभएको छ भने उहाँसँगै काँग्रेसका मुस्ताक अन्सारी र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका मनोजकुमार सिंह प्रतिस्पर्धामा हुनुहुन्छ । 

पूर्वमन्त्रीहरु प्रतिस्पर्धामा उत्रिएपछि अहिले सिरहाको चुनाव सबैको चासोको विषय बनेको छ । प्रतिनिधि सभाका लागि ४ र प्रदेश सभाका लागि ८ क्षेत्र रहेको जिल्लामा तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । जिल्लामा ४३६ मतदान केन्द्र तोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश