२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्र भण्डारीलाई बेलायतको प्रधानमन्त्री बन्न प्रदिप ज्ञवालीको शुभकामना

१८ कार्तिक २०७४, शनिबार ०८:२७

प्रेम सुनार/कात्तिक १८, गुल्मी । शुक्रबार  गुल्मीको तम्घासमा पत्रकारहरु बेलाएर आफुले गरेका विकास निर्माणको चर्चा  गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीलाई एउटा कुरा भने बोली फासो भएको छ । 

यति धेरै विकास गरेपछि म त वेलायतको प्रधानमन्त्री पो हुनु पर्ने मान्छे हुँ’–भन्न भ्याएका भण्डारीको सोही भनाई सामाजिक सञ्जालमा विपक्षीहरुले भाईरल बनाए पछि उनलाई भनि फासो भएको हो ।

आज दुवै उमेदवार ज्ञवाली र भण्डारीलाई टेलिफोन सम्पर्कमा ल्याई  कुराकानी गर्दा  नेता ज्ञवालीले भने–‘हिजो मैले एउटा न्युज हेरेको थिएँ , चन्द्र भण्डारीजि वेलायतको प्रधानमन्त्री बन्ने दावा राख्नु हुँदो रहेछ अव उहाँलाई नेपालमा भोट माग्दै हिड्न पो किन प¥यो र ? बरु  म उहाँलाई वेलायतको प्रधानमन्त्री बन्न शुभकामना दिन्छु ।’

भण्डारीले  सालझण्डी पटौती फास्ट्रयाक  योजना आफुले ल्याएको भन्ने कुरालाई समेत ज्ञवालीले सस्तो प्रचार भनेका छन् । उनले भने–‘ म उहाँ जस्तो धेरै तल झरेर सस्तो प्रचार गर्न चाहन्न तर सालझण्डीबाट खोलिएको फास्ट्रयाक उहाँ सभासद हुनु अघि नै खोलिएको हो । ’

  यस सम्वन्धमा तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल संग  सम्पर्क राख्दा  उनले पनि उक्त सडकको सर्वे गर्न टोपबहादुर रायमाझी, प्रदिपकुमार ज्ञवाली र आफु आएको बताएका छन् । 

चन्द्र भण्डारीले भने आफ्नो भिजन मै उक्त योजना आएको दावा गर्दै आएका छन् । एमाले नेता ज्ञवालीले आफ्नो भन्दा अझ बढि भुमिका टोपबहादुर रायमाझीको भएको र गुल्मीका सवै दलका नेताहरुको पहलमा उक्त योजना आएको र सवैको श्रेय जाने बताउँ छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४