२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गठबन्धन बलियो भएकाले जित सुनिश्चित: सागर

१८ कार्तिक २०७४, शनिबार १५:२५

कात्तिक १८, बागलुङ । वाम गठबन्धनको संयुक्त चुनावी अभियान बागलुङको निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–१ अन्तरगत सिसाखानीमा भएको छ ।

बडीगाठको वडा नम्बर–३ मा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बाम गठबन्धनबाट प्रदेश सभाका साझा उम्मेदवार चन्द्रबहादुर बुढा सागरले आफ्नो प्रदेश सभा अन्तरगत पर्ने सवै क्षेत्रको समानुपातिक विकास गर्ने योजना सहित आफु चुनावी मैदानमा होमिएको बताए ।


‘मेरो प्रदेश सभामा पर्ने बडीगाड, गलकोट र ताराखोला क्षेत्रको विकास तथा समृद्धिका लागि म चुनावी मैदानमा छु,’ सागरले भने, ‘यस क्षेत्रका जनताको सेवा गर्ने मौका दिनुहुनेछ भन्नेमा म विश्वस्त छु, कसरी काम गर्ने भन्ने ठोस योजना समेत मसँग छ ।’ उनले सिसाखानी क्षेत्र फलाम र तामा खानी भएको ठाउँभएकाले त्यसको अनुसन्धान र उत्खनन्मा आफुले पहल गर्ने बताए । 

‘धार्मिक सास्कृतिक र पर्यटकीय क्षेत्रको विकाश गरि यहाँको घाटु नाचलाई संरक्षण र गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘गाउँ घरका बास्तविक समस्या समाधानका लागि तपाईसँगै हाते मालो गरेर अघि बढ्छु ।’ उनले आफ्नो क्षेत्रमा वाम गठबन्धनको पकड बलियो रहेको भन्दै जित सुनिश्चित रहेको बताए ।

माओवादी केन्द्र बागलुङका सहसंयोजक राजिव घिमिरेले वामपन्थीले मुलुकमा दुई तिहाई मत प्राप्त गरेर कार्यकारी राष्ट्रिपतिय शासन पद्धतिमा ५ वर्ष स्थिर सरकार चलाउने गरि संविधान संसोधन गर्ने बताए । ‘यो गठबन्धन लामो योजनाका साथ केन्द्रबाटै बनेको हो,’ घिमिरेले भने, ‘शासन सत्तामा स्थायित्व ल्याउने र समृद्धिको अभियान अघि बढाउने प्रमुख लक्ष्य छ, त्यसैले मुलुकका लागि हामीलाई हारको छुट छैन ।’ 

जनमेर्चा प्रतिनिधी मेखबहादुर पाईजाले यसअघि जित्नेहरुले जनताको चाहना पुरा गर्न नसकेकाले अहिले वामपन्थीलाई अवसर दिन आग्रह गरे ।

कार्यक्रममा बडीगाड गाउँपालिका वडा नम्बर–३ वडा अध्यक्ष खड्गबहादुर पुन एमालेका हुमबहादुर धर्ती लगायतले जनताको चाहना अनुसार वामपन्थी एकता भएकाले साझा उम्मेदवार जिताउने जिम्मेवारी जनताको काँधमा भएको बताए ।

सो अवसरमा कृष्ण बहादुर थापको संयोजकमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । कार्यक्रम नेकपा माओवादी केन्द्र बडिगाड गाउपालिका वडा नम्बर–३ का अध्यक्ष कृष्णबहादु थापाको अध्यक्षता, राजमोका वडा अध्यक्ष नरबहादुर पटेलको स्वागत र सन्दिप पुनको संचालनमा सम्पन्न भएको छ ।

यसैविच भिमगिठेमा वाम गठबन्धनको ४१ सदस्यीय टोल निर्वाचन प्रचार समित गठन भएको छ । 

आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई केन्द्रित गरि वाम गठबन्धनले बडिगाड गाउँपालिका–७ को माझखर्कमा टोल प्रचार प्रसार समिति गठन गरेको हो ।

देव बहादुर बुढाको संयोजकमा गठन भएको समितिको उप संयोजकमा हेमप्रसाद श्रीष रहेका छन । कार्यक्रम नेकपा माओवादिका जितबहादुर थापा, एमालेका गंगा गुरुङ, कृष्ण भट्टराई र राजमोका ओमबहादुर बुढा लगाएतले बोलेका थिए ।

कार्यक्रममा माओवादीका जिल्ला सदस्य धन बहादुर बुढाको अध्यक्षता र एमालेका खगेन्द्र बुढाको संचालन रहेको थियो । बिमल खड्काको सहयोगमा 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य